Widgets

Home » » नक्कली एटिएम कार्डको प्रयोग गर्ने तीन पक्राउ

नक्कली एटिएम कार्डको प्रयोग गर्ने तीन पक्राउ

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
- कञ्चनपुर सदरमुकामका बैंकहरुबाट नक्कली एटिएम कार्डको प्रयोग गरी रकम चोरी गर्ने गिराहका तीन भारतीयलाई जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको छ । नेपाली नागरिकसँगको मिलेमतोमा चोरीमा संलग्न भारत हल्द्वानीका मोहन विष्ट, सुरेन्द्र विष्ट र चन्द्रबहादुर विष्टलाई गोप्य सूचनाका आधारमा नबिल बैंकको शाखाबाट हिजो पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विर्खबहादुर रावलले बताए । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखिएको छ । उनीहरुबाट पैसा झिक्न प्रयोग हुने एटिएम कार्ड र रु ६१ हजार बरामद गरिएको उनले बताए । उनीहरुले एटिएमबाट लामो समयदेखि बैंक ग्राहकको खाताबाट रकम झिक्दै आएको स्वीकार गरेका छन् । कुन कुन बैंकबाट नक्कली एटिएम कार्डबाट पैसा चोरी गरेको भन्ने कुरा खुल्न नसकेकाले थप अनुसन्धानका लागि पक्राउ परेका तीनै जनालाई प्रहरीको अनुसन्धान ब्युरो काठमाडौँको हिरासतमा पठाउन लागिएको प्रहरी नायब उपरीक्षक रावलले बताए । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger