Widgets

Home » » अन्तर्राष्ट्रिय महिला सम्मेलन सुरु

अन्तर्राष्ट्रिय महिला सम्मेलन सुरु

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

womens

काठमाडौ, चैत्र १३ - महिलालाई राजनीतिमा सहभागिता बढाउनेलगायतका उद्देश्य राखेर सोमबारदेखि राजधानीमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । अखिल नेपाल महिला संघले आयोजना गरेको सम्मेलनले विश्वका अविकसित र अल्पविकसित मुलुकमा महिलाको पहुँच विस्तारका लागि जोड दिने भएको छ । राजनीतिमा महिलाको क्षमता अभिवृद्धि, ग्रामीण भेगका निम्नस्तरका महिलाको राजनीतिमा सहभागिता, आर्थिक सशक्तीकरण, महिला हिंसाविरुद्धको अभियानमा ऐक्यबद्धता लगायत विषयमाथि सम्मेलनमा छलफल हुनेछ । अविकसित र अल्पविकसित सात राष्ट्र सहभागी रहेको सम्मेलनमा गरिब निम्नवर्गका मानिसलाई कसरी पार्टीभित्र संगठित गर्ने, महिला अधिकार कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्दि्रत हुने संघकी सचिव सुजिता शाक्यले जानकारी दिइन् । सम्मेलनको उद्घाटन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले नेपाली समाजलाई परिवर्तन गर्ने सिलसिलामा अनेकन बाधा पन्छाउँदै यहाँसम्म आइपुगेको उनले बताए । छ दशकदेखि शोषण, दमन, अन्याय, अत्याचार अन्त्य गर्ने लडाइँ लड्दै आएकोमा थुप्रै उपलब्धिहरूसमेत हासिल गरेको उनले बताए । संघकी अध्यक्ष विद्या भण्डारीले लामो समयदेखि शिक्षा स्वास्थ्य र रोजगारी सबै क्षेत्रमा समान अधिकार भनेर संघले संघर्ष गरिरहे पनि हालसम्म कार्यान्वयन हुन नसकेको बताइन् । हाम्रो समाज अत्यन्तै पिछडिएको समाज हो । 'समाज परिवर्तनका लागि शिक्षा स्वास्थ्य र रोजगारीको व्यवस्था अनिवार्य छ । तर हालसम्म सुनिश्चित हुन नसकेका कारण पनि हामी पछाडि परिरहेका छौं,' उनले भनिन् । लामो समयदेखि संघर्ष गर्दै आउँदा केही उपलब्धिहरू भने हासिल गरको उनले बताइन् । 'संसद्मा ३३ प्रतिशत महिला सहभागिता, आमाको नामबाट नागरिकता बनाउने व्यवस्था, राज्यका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था हाम्रो महत्त्वपूर्ण उपलब्धि हो,' उनले भनिन् । सम्मेलनमा भाग लिन स्वीडेनबाट आएकी अन्तर्राष्ट्रिय फोरमकी अध्यक्ष एन मार्गरेथ लिभ्चले मानव अधिकार महिला अधिकार स्थापित गर्न स्वीडेनमा लामो संघर्ष गर्नु परेको अनुभव सुनाइन् । 'एक शताब्दीऔं लामो संघर्ष पछि हाल महिलाहरू स्वतन्त्र भएका छन्,' उनले भनिन्, 'स्वीडेनको संसद्मा ५० प्रतिशत सहभागिता छ ।' उनका अनुसार महिला अधिकार सबै मुलुकको साझा संघर्षको विषय हो । बलात्कार, हिंसा र विभेद विकसित मुलुकमा पनि अझै कायम छ । यसको विरुद्धमा सबै महिला एकजुट हुनुपर्छ । सम्मेलनमा स्वीडेन, कुर्दिस्तान, अफगानस्तान, इन्डोनेसिया, फिलिपिन्स, पाकिस्तान, नेपाललगायत सात मुलुकको राजनीतिमा सक्रिय रहेका महिलाहरू सहभागी भएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger