Widgets

Home » » यथास्थितिमा सरकार र चार दलले बोलाएको वार्तामा नजाने वैद्यको अडान

यथास्थितिमा सरकार र चार दलले बोलाएको वार्तामा नजाने वैद्यको अडान

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


भक्तपुर, चैत १८- नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले यथास्थितिमा सरकार र चार दलले बोलाएको वार्तामा नजाने बताएका छन्। भक्तपुरको मनोहरा सुकुम्बासी बस्तीमा आज आयोजना गरिएको अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनको उद्‍घाटन गर्दै उनले यथास्थितिमा कुनै पनि वार्तामा नजाने बताए। अध्यक्ष वैद्यले खिलराज रेग्मीको नेतृत्वको वर्तमान सरकार खारेजी र चार दलले गरेको ११ बुँदे सहमति खारेज गरिए मात्र वार्तामा बस्ने जिकिर गरे। अहिले चुनावको नौटङ्की रचिएको छ, चार दलको सिन्डिकेटले १० वर्ष क्रान्ति गरेर आएको माओवादी पार्टीसहित २३ वटा पार्टीलाई निषेध गरेको छ भन्दै अन्तरिम संविधानको गलत ढङ्गले संशोधन गरेर चैत १ गते चारदलीय सहमतिको नाममा प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर नेपालको इतिहासमा अर्को 'कू' गरिएको छ भने। चार दल र सरकारबीचको ११ बुँदे सहमति, बाधा अड्काउ फुकाउ प्रस्ताव, प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने निर्णय खारेज गरेमात्र आफूहरु वार्तामा बस्ने अडान दोहोर्‍याए। रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger