Widgets

Home » » बाँके र बर्दियामा सशस्त्र समूहले हतियार बुझायो

बाँके र बर्दियामा सशस्त्र समूहले हतियार बुझायो

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, चैत १८ (नागरिक)- तराईमा सशस्त्र संघर्ष गरेको जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीले शनिबार बाँके र बर्दिया प्रशासन समक्ष अवैद्य हतियार बुझाएको छ। बाँकेस्थित नागरिक संवाददता अर्जुन ओलीका अनुसार पार्टीका वार्ता टोली संयोजक मनोज मण्डलले शनिबार निमित्त प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेलाई प्रशासनमै पुगेर हतियार बुझाएका हुन्। वार्ता टोलीले प्रशासनलाई बारबोर, नलकटुवा पेस्तोल १७ थान, सकेट बम १६, टाइमर घडी र टाइम बम ५, प्रेसर कुकर बम २, बारुद २० किलो, अटोमेटिक पेस्तोल १, हेण्ड ग्रिनेट ५, भरुवा बन्दुक १, बारबोरको कारतुस २१ थान, तार फ्युज आधा रोल र बाह्रबोर बन्दुक ३ थान बुझाएको छ। यस्तै तीनसय पन्ध्र बोर बन्दुक १ थान, तीनसय पन्ध्र नल कटुवा ८, छत्तिस ग्रिनेट १, खाली सकेट ७, डेटोनेटर ६, बिष्फोटक पदार्थ(डाइनामाइट) १, तीनसय र एसएलआरको गोली २७, बुलेट फुटेको गोली ३, इलेक्ट्रोनिक फ्ल्यास १, सेफ्टी फ्युज १२ र पेस्तोलको गोली तीन थान बुझाइएको छ। निमित्त प्रजिअ पाण्डे र वार्ता टोली संयोजक मण्डलले भरपाई पत्रमा हस्ताक्षर गरेका छन्। सो क्रममा बाँके प्रहरी प्रमुख भुपालकुमार भण्डारी, सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रराज श्रेष्ठ, जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका बब्लु भन्ने सहबाज आलम खाँ (सिकन्दर बागी), प्रह्लाद महरा(तुफान सिंह) र साजन मुकेरी उपस्थित थिए। यसैगरी बर्दियास्थित नागरिक संवाददाता निर्मल घिमिरेका जनतान्त्रिक तराई मुत्ति पार्टी भगत सिंह समुहले जिल्ला प्रहरी कार्यालयमा शनिबार १० थान पेस्तोल बुझाएका छन्। साथमा खरखजान १० वटा टाईमर घडि , ९ वटा सकेट,२ केजी बारुद पनि बुझाएका छन्। गुलरिया नगरपालिका खैरापुर ,भैसाहि र महोम्मदपुरमा लुकाएर राखेको बन्दुक सहित खरखजाना समुहले बुझाएका हुन। प्रमुख जिल्ला अधिकारी धुब्र राज जोशि प्रहरी प्रमुख सुरेश बिक्रम शाह ,सशस्त्र प्रहरी उपरिक्षक रिसिदेब कार्की र भुमिगत समुह का बार्ता संयोजक मनोज मन्डल उपस्थितमा समूहका कार्यकर्ताले बिभिन्न ठाउँमा राखेको हतियार बुझाएका थिए।यसअघि भगत सिंह समुह र नेपाल सरकारको दास्रो पटक बार्ता भईसकेको छ। बार्ता पछि समुहले गतिबिधि बन्द गरेका थिए। दोस्रो संबिधान सभाको निर्बाचनलाई सघाउँ पुराउँनका लागी हतियार बुझाएको समुहका बार्ता समितिका संयोजक मन्डलले बताए। उनका अनुसार बर्दिया,बाँके,कपिलवस्तु,सुनसरि र रुपन्देहिमा हतियार बुझाएका छन्। हतियार बुझाउँने कार्यक्रममा क्षेत्रिय कमान्डर उमेश अहिर सहित ४ जनाको सहभागिता थियो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger