Widgets

Home » » लागु पदार्थ सेवन गरेको युवकलाई पक्राउ गरेका पाँच प्रहरी निलम्बनमा

लागु पदार्थ सेवन गरेको युवकलाई पक्राउ गरेका पाँच प्रहरी निलम्बनमा

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
समुन्द्र पौडेल, तनहुँ, चैत्र १८- लागु पदार्थ सेवन गरेको युवकलाई पक्राउ गरेका पाँच प्रहरी निलम्बनमा परेका छन्। गाँजा खाएको अभियोगमा पक्राउ परेका पोखरी भञ्ज्याङ ४ घर भई व्यास १, हाईस्कूलटारमा बस्दै आएका २२ वर्षीय सुजन तामाडको मृत्यु भएपछि उनलाई पक्राउ गर्ने प्रहरीहरु शुक्रबार निलम्बनमा परेका हुन्। निलम्बनमा पर्नेहरुमा प्रहरी सहायक निरिक्षक शंकरप्रसाद चिढी मगर, प्रहरी जवान ईश्वर नेपाली, प्रहरी जवानहरु रमेश खड्का, मोहन कुमार उपरकोटी र प्रकाश भट्ट रहेका छन्। बिहीबार राती व्यास १ हाईस्कूलटारमा पक्राउ परेका तामाङलाई स्वास्थ्य परिक्षण गर्न दमौली अस्पताल लैजाने क्रममा भाग्दा भीरबाट खसेर घाइते भएको प्रहरीले दाबी गरेको छ। घाइते तामाङको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा उपचारको क्रममा शुक्रबार बिहान साडे ३ बजे मृत्यु भएको थियो। तनहुँका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको संयोजकत्वमा गठन गरिएको ३ सदस्यीय छानबिन समितिले घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिबेदन बुझाउने प्रहरी उपरिक्षक देव बहादुर बोहोराले बताए। अनुसन्धान टोलीमा अंचल प्रहरी कार्यालय पोखराका एसएसपी केदार मान सिंह भण्डारी र क्षेत्रीय प्रशासन कार्यालयका उपसचिव कृष्ण रेग्मी रहेका छन्। छानबिन समितिले आइतबारबाट छानविन कार्य शुरु गरि सात दिन भित्र घटनाको प्रतिवेदन तयार पार्ने छानबिन समितिका संयोजक दाहालले बताए। मृतक तामाङको शव शनिवार राती पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट दमौली ल्याएर अन्त्येष्टि गरिने मृतककी दिदी सिता तामाङले बताइन्। त्यसैगरी बिहीबार भएको प्रहरी प्रदर्शनकारी विचको झडपको क्रममा प्रदर्शनकारीले तनहुँ आवाज साप्ताहिकका सह सम्पादक सरोज पोख्रेलको क्यामरा खोसिएको घटना प्रति पत्रकार महासंघ तनहुँ शाखाले आपत्ती जनाउँदै क्यामरा फिर्ता गराउन पहल गर्न जिल्ला प्रशासन कार्यालय तनहुँलाई आग्रह गरेको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger