Widgets

Home » , » बघिनी र सिंहिनी स्याहार्दै प्रियंका

बघिनी र सिंहिनी स्याहार्दै प्रियंका

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बलिउडकी देशी गर्ल प्रियंका चोपडा जंगली जनावरलाई माया गर्न माहिर छिन् । जनावरप्रतिको यही क्रेजका कारण केही समयअघि दुर्गा नामक बघिनीलाई आफूकहाँ लगेर चर्चामा आएकी उनले हालैमात्र राँचीको बिरसा मुंडा चिडियाघरमा रहेको एक सिंहिनीलाई संरक्षणका लागि लिएकी छन् । ‘हामीलाई प्रियंका चोपडा फाउन्डेसनबाट २ लाखको चेक प्राप्त भएको छ,’ चिडियाघरका एक सदस्यले भारतीय सञ्चारमाध्यमसँग भनेका छन्– ‘उनले सुन्दरी नामकी सिंहिनीलाई आफूसँग राखेकी छन् ।’ सञ्चारमाध्यमका अनुसार प्रियंकाले सिंहिनीलाई ३० अप्रिल २०१३ सम्म मात्र आफूसँग राख्न पाउनेछिन् । दुर्गा बघिनीको समय अवधि ३० अप्रिलमा सकिएपछि उनले सिंहिनी राखेकी हुन् । ‘मैले जनावरको पालनपोषण र जनमानसमा वन्यजीवनका बारेमा जागरुकता ल्याउनका लागि जनावर राख्ने गरेको हुँ,’ प्रियंकाले भनेकी छन्– ‘जनावरप्रति आम मानिसको नकारात्मक भावनालाई हटाउन पनि यो काम सफल हुन्छ भन्नेमा म विश्वस्त छु ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger