Widgets

Home » , » नग्न चित्र बनाउनेलाई फ्यानको पिटाइ

नग्न चित्र बनाउनेलाई फ्यानको पिटाइ

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

बलिउड अभिनेत्री विद्या वालन, पाकिस्तानी नायिका विना मलिक र किङफिसर मोडल पुनम पाण्डेको नग्न तर कामुक चित्र बनाउने एक पेन्टरले त्यही चित्रका कारण कुटाइ खाएका छन् । प्रणव प्रकाश नामका ती पेन्टरले भारतको नोयडा राज्यमा नायिकाहरूको तस्वीरको प्रदर्शन गरिरहेका बेला तीनै नायिकाका फ्यानले रिसको झोकमा पेन्टरलाई राम धुलाइ गरेका हुन् । प्रदर्शनी हेर्न गएका एक चित्रकारका अनुसार प्रदर्शनीमा पाँच युवा प्रवेश गरेर प्रणवलाई कुटपिट गर्दै सबै तस्वीर च्यातिदिएका थिए । ‘भारतीय संस्कृतिविरुद्ध चित्र बनाएको भन्दै नाराबाजी गरेर कुटे,’ ती पेन्टरले भने– ‘आफ्ना स्टारको रूपलाई दुरूपयोग गरेको उनीहरूको भनाइ थियो ।’ प्रणवले विद्याको द डर्टी पिक्चरको तस्वीरमाथि एक मार्केटिङ शिक्षकको रूप दिँदै अभद्र किसिमको चित्र बनाएका थिए । त्यस्तै पुनमको नग्न तस्वीर बनाएर भारतको झन्डा बोकी अन्ना हजारेको टोपी लगाएर भ्रष्टाचारविरुद्ध आवाज उठाएको झल्को दिएका थिए । विनाको पनि नग्न तस्वीर बनाई उनको पेटमा पाकिस्तानी झन्डा राखिएको थियो । यसअघि ओसामा विन लादेनसँगको बेडसिनमा अरुन्धती रोयलाई नग्न तस्वीर बनाएर चर्चामा आएका प्रवणले आफूले आर्टिस्टिक फ्रिडमको थिममा चित्र कोरेको दाबी गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger