Widgets

Home » » यौन सन्तुष्टिका लागि पुरुष अंग स्पर्श गर्नेमा नेपाली महिला अगाडी

यौन सन्तुष्टिका लागि पुरुष अंग स्पर्श गर्नेमा नेपाली महिला अगाडी

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


दुई वर्ष लगाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको किशोरकिशोरी तथा युवा सर्वोक्षणले नेपाली समाजको यौन प्रवृत्तिमा व्यापक परिवर्तन भएको देखाएको छ । सर्वेक्षणले १२ दशमलव ९८ प्रतिशत नेपालीले विवाहअगाडि यौनसम्पर्क गरिसकेको देखाएको हो । विवाहअगाडिको यौनसम्पर्कमा महिलाको तुलनामा पुरुष धेरै अगाडि रहेको पनि अध्ययनको निष्कर्ष छ । अध्ययन प्रतिवेदनअनुसार विवाहअगाडि २३ दशमलव ०४ प्रतिशत पुरुषले यौनसम्पर्क राखेको र महिलाको हकमा भने यो प्रतिशत जम्मा तीन दशमलव ६६ प्रतिशत छ । मन्त्रालयले देशका सबै भागको प्रतिनिधित्व गर्नेगरी १० देखि २४ वर्ष उमेर समूहका करिब नौ हजार घरधुरीबाट ती उमेर समूहका १४ हजार किशोरकिशोरी तथा युवाको सर्वेक्षण गरेको थियो । किशोरकिशोरी तथा युवाको यौन क्रियाकलाप उपशीर्षकमा उल्लेख भएअनुसार ती उमेर समूहका ४४ दशमलव १७ प्रतिशतले यौनसम्पर्क गरिसकेका छन् । यसमा विवाहित र अविवाहित दुवै सहभागी छन् । ‘यौनसम्पर्क राख्नेमा पुरुषभन्दा महिला बढी छन्’ प्रतिवेदनमा उल्लेख छ, ‘पुरुषको तुलनामा महिलाको विवाह चाडो हुने भएकाले यो संख्या बढी भएको हो ।’ प्रतिवेदनअनुसार २४ वर्षमुनिका ४९ दशमलव ४९ प्रतिशत महिला र ३८ दशमलव ०१ प्रतिशत पुरुषले यौनसम्पर्क राखिसकेका छन् । सर्वेक्षणले ६२ दशमलव ५८ प्रतिशतले हस्तमैथुन गर्ने गरेको जनाएको छ, जसमा ८० दशमलव १९ प्रतिशत पुरुष र २८ दशमलव ४२ प्रतिशत महिला छन् । त्यस्तै ५१ दशमलव २३ प्रतिशतले यौनसन्तुष्टिका लागि चुम्मा खाने गरेको, ५१ दशमलव ०८ प्रतिशतले अगालो मारेर यौनसन्तुष्टि लिने गरेको, ४८ दशमलव ५५ प्रतिशतले शरीरका संवेदनशील अंगमा छुने गरेको देखाएको छ । संवेदनशील अंगमा छुनेमा पुरुषको तुलनामा महिलाको प्रतिशत बढी रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार ४९ दशमलव २६ प्रतिशत महिलाले पुरुषको संवेदनशील अंगमा छुने गरेका छन् जबकि पुरुषको हकमा भने यो प्रतिशत ४७ दशमलव ७५ प्रतिशत छ । यौनसम्पर्कका क्रममा मुखमैथुन गर्नेमा ७ दशमलव ५४ प्रतिशत छन्, जसमा महिलाको प्रतिशत ७ दशमलव ९ प्रतिशत रहेको छ भने पुरुषको प्रतिशत ७ दशमलव २३ छ । यस्तै गुदद्वार सम्पर्कमा ४ दशमलव ८१ प्रतिशत सहभागी भएको समेत सर्वेक्षणले देखाएको छ । यसैगरी, सर्वेक्षणले किशोरकिशोरीको प्रेम केवल १४ महिनामै अन्त्य हुने गरेको र प्रेम मनोरञ्जनका लागि पनि भएको समेत देखाएको छ तर किशोरकिशोरी प्रेमविवाहमै आकर्षित भएको सर्वोक्षणले देखाएको छ । ७२ प्रतिशतले प्रेमविवाहमा र ५३ प्रतिशत मागीविवाहमा रुचि देखाएको सर्वोक्षणको नतिजा छ । विवाह नगरी सगै जीवनयापन गर्ने किशोरकिशोरी तथा युवाको प्रतिशत १५ रहेको देखिएको छ । ती उमेर समूहका ९२ प्रतिशत किशोर तथा ७७ प्रतिशत किशोरी अविवाहित रहेको सर्वोक्षणले देखाएको छ । सर्वोक्षणले विवाहित भएकामा पनि पहिलो बच्चा जन्माउदा औसत उमेर १९ बर्ष देखाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger