भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
रितेश त्रिपाठी, वीरगन्ज चैत १४ - प्रेम र सद्भावको पर्वको रुपमा चिनिएको फगुवा अर्थात फागु मनाउने तरिका फरक हुदै गएको छ। तराईको प्रमुख पर्व मानिने रंगको त्यौहार 'फगुवा'को रंग र रुप फेरिदै गएको अनुभवीहरु बताउँछन्।
पहिले श्रीपञ्मीको भोलीपल्ट देखि हरेक साँझ गाउँ-गाउँमा फागुको लोक गित 'होरी' जम्ने गरेको हुन्थ्यो। केही बर्ष देखि भने यो परम्परा लोप जस्तै हुदै गएको छ। अब होरीको धुनमा ढोलक, डम्फा र झाल बज्न छोडेको छ। 'पहिले जस्तो सद्भाव रहेन', बाबुबाजे देखि नै होरीको धुनमा ढोलक बजाउदै आएका पर्सा सिबर्वाका मुक्ति राउ कुर्मी भन्छन्- 'फगुवा, बद्लिदै गएको छ।'
पहिले हुने बाँसको पिचकारी र पलासको रंग अहिले होलीमा देखिदैन। फगुवाको रंगरुप बद्लिनुमा धेरै वटा कारण रहेको तराईका पत्रकार चन्द्रकिशोर झाले बताए। 'राजनीतिको प्रभावले समाज बिभाजित भएकोले पनि पहिले जस्तो हार्दिकता रहेन, आधुनिकताको नाउँमा पनि केही बद्लाव र बिकृती देखिएका छन्', झाले भने -'फागुको गीतको ठाउँमा अहिले भोजपुरीको छाडा गीत र हिन्दी सिनेमाका गानाले स्थान पाएका छन्, छाडा गीतले गर्दा यौन उन्मादको पर्वको रुपमा पनि होलीको सन्देश गइरहेको छ, जुन परम्परागत होली भित्रको कुरा होइन्।' झाका अनुसार एउटाको पाहुना गाउँ भरीको 'मेहमान' हुने दिन अब रहेन्। छोरी बहिनी काहाँ सनेस (कोसेली) पठाउने परम्परा हराएकोले नै अब रंग पोतिएर साईकलमा र पैदल यात्रुहरु आउजाउ गरेको दृष्य देखिन छाडेको उनले बताए। 'नचिनेको मानिसलाई पनि रंग लगाउने र अंगालो हाल्ने परम्परा अब रहेन', झाले भने। बर्सौ देखि बोलीचाली बन्द रहेका बिरोधीहरु पनि होलीमा अंगालो हाली एकआपसमा सम्बन्ध नावीकरण गर्ने चलन रहेको छ। जसमा कमि आएको छ।
होलीमा मदिराको बिक्री ह्वातै बढेर जाने गरेको छ। मस्तसंग गरिष्ठ भोजन गरेपछि पचाउनको लागि बिभिन्न तरिकाले भाँग खाने चलन थियो। ठंडइ, लस्सी, भाँगपेडा र भाँगगोलाको ठाउँ अहिले रक्सीले लिएको छ। फागु बद्लिएकोले नै होला, सद्भावको पर्व भनिएपनि होलीमा सुरक्षाकर्मीहरुले विशेष सतर्कता बढाउने गरेका छन्। पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले होलीमा विशेष सतर्कतासाथ सुरक्षाकर्मी परिचालन गरेको बताए।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.