Widgets

Home » » अर्काकी श्रीमती कुट्ने युवक प्रहरी खोरमा

अर्काकी श्रीमती कुट्ने युवक प्रहरी खोरमा

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
तनहुँ, चैत १४ - अर्काकी श्रीमतीलाई घरभित्रै गएर कुटपिट गरी मरणासन्न अवस्था पुर्‍याउने तनहुँका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको श्याम्घा गाविस वडा नं ३ निवासी २९ वर्षीय सरिता विकलाई छिमेकी ३२ वर्षीय सेराली मियाँले गएराति हात र खुट्टाले निर्घात कुटपिट गरी सख्त घाइते बनाएका छन्। कुटपिटबाट विकको होस नखुलेकाले दमौलीस्थित व्यासनगर अस्पतालमा सामान्य उपचारपछि पोखराको मेट्रो सिटी अस्पतालमा पठाइएको घाइतेका मामा रोमबहादुर विकले जानकारी गराए । भान्जीलाई सेरालीको पत्नी समिना र बहिनी लामार मियाँ गरी तीन जना मिलेर कुटपिट गरेको उनले बताए । मियाँलाई शिशाघाट प्रहरी चौकीले नियन्त्रण लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। त्यसैगरी व्यासनगरपालिका वडा नं ४ वेल्टारी निवासी ३५ वर्षीय पवित्रा खड्कालाई अज्ञात व्यक्तिहरुले कुटपिट गरी गरगहना लुटेका छन्। पवित्रालाई मर्स्याङ्दी नदी किनारमा फालिएको अवस्थामा फेला पारिएको हो। कुटपिटबाट अचेत र अर्धनग्न अवस्थामा रहेकी खड्कालाई बुधबार बिहान घाँस काट्न गएका स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेका थिए। गोरखाको धुवाकोट गाविसस्थित अकला मन्दिरमा पूजाअर्चना गरेर फर्कने क्रममा पवित्रालाई अज्ञात व्यक्तिहरुले होलीका दिन जबर्जस्ती रङ दलेर कुटपिट गरी नदीमा फालिदिएको घाइतेका दाजु नरेन्द्र अधिकारीले बताए । खबर पाएलगत्तै उनलाई दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि पोखरा पठाइएको छ। उनको चारवटा करङ भाँचिएको बताइएको छ। यो घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। यस्तै कुटेर पत्नीलाई मार्न खोज्ने एकजनालाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–२ बस्ने सुशील साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। पतिको निर्घात कुटपिटबाट सुमित्रादेवीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि छिमेकीले तिनको उद्धार गरेका थिए। साहले आफ्नी पत्नीलाई मरणासन्न गरी कुट्नाका साथै तिनको कपडासमेत जलाएर नष्ट गरेको प्रहरीले जनाएको छ। रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger