भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सिड्नी, चैत १४ - अस्ट्रेलियाका ६० लाखभन्दा बढी नागरिक कलेजोको रोगबाट पीडित भएको बुधबार प्रकाशित एक प्रतिवेदनमा जनाइएको छ। उक्त सङ्ख्या देशको जनसङ्ख्याकै एक चौथाई भएको पनि सो प्रतिवेदनमा जनाइएको समाचारमा उल्लेख छ। सो प्रतिवेदनअनुसार यस रोगबाट पीडित ती नागरिकका लागि उपचार खर्चका रुपमा एक वर्षमा ५.४ अर्ब अष्ट्रेलियाली डलर खर्च हुने गरेको छ।
यो रोग यसैगरी वृद्धि हुँदै गएको खण्डमा सन् २०३० सम्म ८० लाख नागरिक यस रोगबाट पिडित हुने समेत सो प्रतिवेदनमा जनाइएको छ।
प्रकाशित सो प्रतिवेदन अनुसार धेरै खराब अवस्थामा पुगेका यस कलेजो रोगका रोगीहरूमध्ये प्रत्येक दिन २० जनाको ज्यान जाने गरेको पाइएको पनि सो प्रतिवेदनमा जनाइएको छ।
हालै पाइएको सो रोगका पीडितमध्ये करिब ५५ हजारलाई बोसोयुक्त शरीरको कारण कलेजोको रोगी भएको जनाइएको छ। अधिकांशको रोगको कारण भने रक्सी सेवन नै रहेको तथ्यपनि सो प्रतिवेदनमा खुलाइएको छ। रासस/सिन्ह्वा
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.