भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१४ चैत, काठमाडौं । नयाँ सरकार गठनपछि अलमलमा परेजस्तै देखिएको नेकपा एमाले अब एक ढिक्का भएर निर्वाचनमा होमिने निर्णयमा पुगेको छ । बुधबार बल्खुमा बसेको एमालेको स्थायी कमिटी बैठकले पार्टीबारे चलेका सबैखाले भ्रमहरुलाई चिर्दै सर्वसम्मतरुपमा चुनावमा हेलिने निर्णय गरेको हो । चुनाव तोकिएकै समयमा सम्पन्न हुनुपर्ने एमालेको माग छ ।
बैठकले मतदाता नामावली संकलनमा अवरोध नपुर्याउन वैद्यपक्षीय माओवादीलाई आग्रह गर्नुका साथै चुनावसँग असहमत भएर सडक संघर्षमा लागेका दलहरुसित वार्ताको पहलकदमी एमाले आफैंले लिने निर्णय गरेको छ । एमाले सचिव शंकर पोखरेलका अनुसार चुनावको आवश्यक तयारीका लागि आगामी चैत २६ र २७ गते पोलिटब्युरो बैठक बस्ने भएको छ ।
चुनावमा अन्य दलसँग तालमेल गर्ने या नगर्ने भन्ने विषय एजेन्डामा आधारित हुने एमाले बैठकको निर्णय छ । साथै डा. बाबुराम भट्टराईका पालामा चुनावलाई प्रभाव पार्ने गरी गरिएका निर्णयहरु फिर्ता लिानसमेत एमालेले सरकारसँग माग गरेको छ ।
एमालेको आपत्ति योजना आयोग र गरिबी निवारण कोषमा
बाबुराम भट्टराईबाट कुन त्यस्तो निर्णय भएको छ, जसले संविधानसभाको चुनावमा असर पार्छ भन्ने अनलाइनखबरको जिज्ञासामा एमाले सचिव शंकर पोखरेलले भन्नुभयो- ‘विशेषतः हामीले राष्ट्रिय योजना आयोग र गरिबी निवारण कोषमा बाबुरामजीका पालामा भएको नियुक्तिको विरोध गरेका हौं ।’ उहाँले भन्नुभयो- ‘गरीबी निवारण कोषमा भट्टराईले आफ्नी भाइ बुहारीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रिय योजना आयोगमा पनि सरकार परिवर्तनपछि राजीनामा दिने सामान्य प्रचलन भए पनि अहिलेसम्म कसैले राजीनामा दिएका छैनन् ।’
एमाले नेता पोखरेलले भट्टराई सरकारबाट भएका राजनीतिक प्रकृतिका नियक्तिहरु बदर हुनुपर्ने बताउनुभयो । दुईवटा ठूला हाइड्रोपावरदेखि विभिन्न बोर्डहरुमा एमाओवादी र मधेसी दलको सरकारले राजनीतिक नियुक्ति गरेको उहाँले बताउनुभयो ।

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.