भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१४ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका मधेसी केन्द्रीय सदस्यहरुले ३ सय ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित घटीमा ७५ सीटमा मधेसी नेताहरुलाई ल्याउन पार्टी अध्यक्ष प्रचण्डलाई दबाव दिएका छन् । केन्द्रमा नपरेको भन्दै थप ४९ जनाको मधेसी नेताले तयार पारेको सूचि अनलाइनखबरले फेला पारेको छ ।
तीन दिनअघि पेरिसडाँडामा सम्पन्न बैठकले १ सय ५१ पूर्ण र २ सय ४८ बैकल्पिक गरी ३ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको हो । सो जम्बो कमिटीमा महाधिवेशनले चुनेका ६ जना र महाधिवेशन आयोजक समितिमा २ सय ४० भित्र परेका २०/२२ जना मधेसीलाई समेटिएको छ । तर, जनसंख्याको आधा हिस्सा ओगट्ने मधेसबाट थप ४९ जनालाई केन्द्रीय समितिमा थप्न मधेसी नेताहरुले प्रचण्डलाई दबाव दिएका हुन् ।मधेसी नेता रामरिझन यादवको थापागाउँस्थित डेरामा दालभात, कुखुराको मासु र डिऊ खाँदै आयोजना गरिएको बैठकले मधेसमा कम्तिमा ७५ जना केन्द्रीय सदस्य र एकजना पदाधिकारी माग गर्ने निर्णय गरेको हो । एमालेबाट आउन लागेका रामचन्द्र झाको साटो पुराना मधेसी नेताबाट एक जनालाई पदाधिकारीमा तानिुनपर्ने मधेसी नेताले माग गरेका छन् । उनीहरुको माग मधेसबाट एकजनालाई सचिव बनाउनुपर्ने रहेको छ । मधेसी नेताले सचिव पाउने अवस्था आए त्यसका दाबेदार विश्वनाथ साह हुन् । प्रभु साह जनयुद्धकालीन भए पनि बरियतामा भन्दा धेरै पछाडि छन् ।
आयोजक समितिका सबैलाई पूर्ण सदस्य बनाइनुपर्ने
महाधिवेशनअघि आयोजक समितिमा रहेका २५ भन्दा बढी केन्द्रीय सदस्यलाई वैकल्पिकमा झार्न नपाइने मधेसी नेताहरुको माग छ । हेटौडा महाधिवेशन हलबाट चुनिएका ९८ केन्द्रीय सदस्यहरुमा प्रभु साह, विश्वनाथ साह, श्रवण यादव, रामकुमार यादव, रामरिझन यादव, हकिकुल्लाह खाँ र रामकुमार शर्मामात्रै परेका छन् । भने ३ सय ९९ सदस्यीय समितिमा पूर्वआयोजक समितिबाट करिब २० जना थपिने छन् ।
महाधिवेशन आयोजक समितिमा रहेका मधेसी नेताहरुमा दिलिपकुमार साह, रामलौट तिवारी, घनश्याम यादव, शिवचन्द्र कुशवाह, भरतप्रसाद साह, रामचन्द्र मण्डल, असर्फी सदा, असर्फी यादव, शिवकुमार मण्डल र बोधमाया यादव छन् । त्यसैगरी अतहर हुसैन फारुकी, सुरेन्द्रप्रसाद जैसवाल, अशोककुमार मण्डल, उमेशकुमार यादव, अजयशंकर नायक, विन्देश्वर राय यादव, देबेन्द्र पटेल, राजु चमार हरिजन र चिनक कुर्मीसमेत महाधिवेशन आयोजक समितिका सदस्य हुन् ।
महाधिवेशन आयोजक समितिमा रहेका सबै नेताहरु केन्द्रीय समितिमा पर्ने भए पनि अधिकांशलाई वैकल्पिक सदस्य बनाउने योजनाप्रति मधेसी नेताले असन्तष्टि पोखेका छन् । मधेसबाट थपिने सबैलाई पूर्ण केन्द्रीय सदस्य बनाइनुपर्ने मधेसी नेताहरुको माग छ । रामरिझन यादवको कोठामा भएको भेलाको निश्कर्ष विश्वनाथ साहले प्रचण्डसमक्ष जाहेर गरिसकेको बुझिएको छ । सो भेलाबाट मधेसी नेताहरुले मधेसको भूगोल किटानी गर्नसमेत प्रचण्डसँग आग्रह गरेका छन् । मिथिला, भोजपुरा र अवधलाई मिलाएर मधेस प्रान्त बनाइनुपर्ने उनीहरुको माग छ ।
केन्द्रीय सदस्यमा नयाँ मधेसीको सूचि
आयोजक समितिमा नरहेका थप ४९ जनालाई केन्द्रीय समितिमा ल्याउनुपर्ने मधेसी नेताहरुको माग छ । मधेसमा चुनाव जित्ने र पार्टीमा मधेसी नेता स्थापित गर्ने हो भने पार्टीले मधेसी नेताहरुको आवाज सुन्नुपर्ने नेताहरुले बताएका छन् । नयाँ सदस्यहरुको यो सूचिमा मधेसमा काम गर्ने केही पहाडी समुदायको नाम पनि समावेश गरिएको छ । अनलाइनखबरलाई प्राप्त सूचि अनुसार केन्द्रीय सदस्यमा थप्न माग गरिएका मधेका नेताहरुको विवरण यस्तो छ :
मोरङ-भोगेन्द्र यादव, बालेश्वर कामत र अनिवास मण्डल ।
सिरहा- रामकुमार यादव, जिबछ यादव, रामकुमार पासवान र उपेन्द्र यादव ।
सप्तरी- शंकर देवकोटा, अक्षरी यादव, अनील साह, भागवत यादव, कलाम खाँ, मानपुर चौधरी र दानालाल चौधरी ।
धनुषा- झल्कु यादव, चन्देश्वर पूर्वे, देवसागर दास, रामवृक्ष ठाकुर, प्रमिला यादव, प्रतिक्षा तिवारी, दूर्गादेवी पासवान र फर्मूद नद्दाफ ।
महोत्तरी- राजेन्द्र साह, विदुर कार्की, राजन ढुंगाना, विष्णु लामा, माधव कोइराला र शिवनाथ महतो-भोला) ।
सर्लाही- राजकुमार यादव, विजय खत्री, कमल बूढाथोकी, शावित्रा बूढाथोकी, माया बल र नन्दलाल यादव ।
रौतहट- रामानन्द महतो, सत्यनारायण भगत र शान्ति पौडेल ।
बारा- श्रीप्रसाद पासवान र शम्भु मण्डल ।
पर्सा- निशा साह, हरि मण्डल, बाबुराम कौषिक, इस्लाम हवाडी ।
नेपालगञ्ज- परमानन्द बर्मा र रक्षाराम बर्मा ।
दाङ- अर्जुन सिंह,
अर्घाखाँची- जाकिर हुसैन ।
रुपन्देही- विनोद उपाध्याय र मकसुद अलि ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.