Widgets

Home » » एमाओवादीमा सुल्झिएन संगठनात्मक लफडा महराको संयोजकत्वमा कार्यदल, जनपरिचालनको घोषणा

एमाओवादीमा सुल्झिएन संगठनात्मक लफडा महराको संयोजकत्वमा कार्यदल, जनपरिचालनको घोषणा

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


१८ चैत, काठमाण्डौ । एकीकृत माओवादीले पार्टीमा देखिएको संगठनात्मक समस्या समाधानका लागि कार्यदल बनाएको छ । केन्द्रीय समिति र पदाधिकारीले पूर्णता पाउने अपेक्षा गरिएको बैठक डेढ महिनापछि जेठ १ गतेका लागि सरेको छ । आइतबारको बैठकमा २ सय ४० सदस्यीय केन्द्रीय समितिले पूर्णता पाउन नसकेपछि समस्या समाधानका लागि कार्यदल बनाइएको हो । ‘पार्टीभित्र देखिएका संगठनात्मक समस्याबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदल बनाइएको छ ।’- बैठकपछि केन्द्रीय सदस्य देवेन्द्र पौडेलले अनलाइनखबरसँग भन्नुभयो-’अब पार्टी एक महिनासम्म आन्तरिक प्रशिक्षण र जनपरिचालनमा होमिन्छ ।’ पार्टीभित्रको संगठनात्मक समस्या समाधानका लागि कृष्णबहादुर महराको संयोजकत्वमा गठित कार्यदलमा हिसिला यमी, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा र रेखा शर्मा रहहेका छन् । त्यसैगरी द्वन्द्वकालीन मुद्दाको अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मा टोपबहादुर रायमाझीलाई दिइएको छ भने विगतमा नेत्रविक्रम चन्द विप्लवले हेर्दै आएको युवा परिचालनको जिम्मेवारी वर्षमान पुन अनन्तले पाएका छन् । पूर्व शिक्षामन्त्री दीनानाथ शर्मालाई पार्टी स्कुलिङ तथा बुद्धिजीवी फाँटको जिम्मेवारी दिइएको छ । पूर्वभूमिसुधार मन्त्री भीमप्रसाद गौतमले किसान फाँटको जिम्मेवारी पाएका छन् । रिक्त रहेका पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि उपाय खोज्न पाँच सदस्यीय कार्यदल गठन गरेको हो । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतवार बसेको केन्द्रीय समितिको वैठकले यस्तै वैठक चैत २४ँ देखि बैशाख १८ गतेसम्म देशभर आमसभा र प्रशिक्षण गर्ने निर्णय गरेको छ । वैठकमा महाधिवेशन आयोजक समितिका सदस्यलाई पनि बोलाइएको थियो । गिरी र गुरुङ केन्द्रीय सदस्य एमाओवादी नेताका अनुसार आइतबारको बैठकमा २ सय ३६ जनाको सहभागिता थियो । पूर्व लडाकूसमेत रहेका यमबहादुर अधिकारी (प्रतिक्षा) र पदम लामा (सञ्जीव) समायोजनमा कर्णेल बन्न जाने भएकाले उनीहरु केन्द्रमा नरहने भएका छन् । संस्थापक सदस्य नरबहादुर कर्माचार्यलाई पनि संरक्षक बनाइएपछि उहाँको सीट पनि खाली भएको छ । उता महाधिवेशनको मुखैमा तराईको सशस्त्र समूह परित्याग गरी एमाओवादीका प्रवेश गरेका प्रल्हाद गिरी -पवन) आइतबार केन्द्रीय समितिको बैठकमा उपस्थित भएका छन् । उनलाई केन्द्रीय सदस्य बनाइएको स्रोतले बतायो । त्यस्तै वैद्य समूह छाडेर एमाओवादीमा फर्किएका कुमार दाहालकी धर्मपत्नी गीता गुरुङ्गलाई पनि आइतबारै केन्द्रीय समितिमा ल्याइएको छ । सल्लाहकार बनेका ३ जनालाई सम्झाइने महाधिवेशन आयोजक समितिमा रहेर पनि सल्लाहकार समितिमा सारिएका वेदनिधी अधिकारी, तेजप्रकाश कँडेल र धर्मचन्द्र लावतीसँग पार्टीले छलफल गर्ने भएको छ । नयाँलाई केन्द्रीय समितिमा ल्याउने तर उनीहरुलाई पन्साउने कार्यले अन्याय नहोस् भनेर छलफल गर्न लागिएको स्रोतले बतायो । जनपरिचालन र प्रशिक्षण अभियान आगामी चुनावलाई मध्यनजर गर्दै पार्टीले पाँचवटा शहरमा आमसभा, जनपरिचालन तथा राज्यस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यो अभियान चैत्र २४ देखि बैसाख १८ सम्म सञ्चालन गरिने र जेठ १ गते अर्को बैठक बस्ने एमाओवादीले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger