Widgets

Home » » यु ट्युब चलाउने १ अरब पुगे

यु ट्युब चलाउने १ अरब पुगे

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

गुगलको स्वामित्वमा रहेको भिडियो शेयरिङ वेबसाइट यु ट्युबको नियमित प्रयोग गर्ने मानिसको संख्या १ अरब पुगेको छ । यु ट्युबले विश्वमा एक अरब मानिसले नियमित रुपमा आफ्नो प्रयोग गर्ने गरेको जनाएको हो ।
यु ट्युबले भनेको छ यदि ऊ एक देश हुँदो हो त, जनसंख्याको हिसाबले ऊ चीन र भारत पछिको तेश्रो ठूलो देश हुनेथियो ।
u tube
सन् २००५ को फेबु्रअरीमा सुरु भएको यु ट्युब पछिल्लो समय निकै लोकप्रिय बनिरहेको छ । आफ्नो सुरुवाती कालमा यो क्यालिफोर्नियास्थित एक फास्टफुड रेस्टुरेन्ट भएको घरको माथिल्लो तलामा रहेको सानो कार्यालयबाट संचालित थियो । तर कार्यालय सानै भएपछि एक वर्षभत्रैमा यसले ५० लाख प्रयोगकर्ता बनाउन सफल भयो ।
यु ट्युबको यो सफलता देखेर गुगलले १.६५ अरबमा यो साइट किन्यो । त्यसबेला यु ट्युबले पैसा कमाउन संंर्घष्ा गरिरहेको थियो ।
तर गुगलले लिएपछि यु ट्युबको कमाई यसरी बढ▒े की सन् २०१२ मा यसले विज्ञापन भिडियोबाट १.३ अर्ब कमाइ गर्न सफल भयो । यु ट्युबको दाबी के छ भने विश्वमा हरेक दुइ जनामा एक जना इन्टरनेट प्रयोगकर्ताले नियमित रुपमा यु ट्युबको प्रयोग गर्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger