Widgets

Home » » पेट्रोल र ग्याँसको फेरि हाहाकार गराउने चेतावनी

पेट्रोल र ग्याँसको फेरि हाहाकार गराउने चेतावनी

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ चैत, काठमाडौं । सरकार र व्यवसायीहरुको चरम लापर्बाहीका कारण सर्वसाधारणले पेट्रोलियम पदार्थको सहज प्रयोग गर्न अझै नपाउने भएका छन् । कहिले सरकारले पेट्रोलियम पदार्थ प्रयाप्त आपूर्ति गर्न नसक्दा त कहिले व्यवसायीहरुले आˆना मागहरु पूरा गराउन ढुवानी र वितरण नै ठप्प पार्दा सर्वसाधारणले ढुक्कसँग पेट्रोलियम तथा ग्याँसको प्रयोग गर्न नपाएका हुन् । सरकार र व्यवसायीका कारण केही हप्ता अगाडि पेट्रोलियम पदार्थको चरम अभाव झेलेका सर्वसाधारणले फेरि पनि अभाव झेल्नुपर्ने भएको छ । नेपाल पेट्रोलियम डिलर्स एशोसियशन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एल.पि. ग्याँस उद्योग संघले आˆना मागहरु पूरा गराउन यही २५ गतेदेखि ढुवानी र वितरण नै ठप्प पारेर हाहाकार सिर्जना गर्ने सरकारलाई चेतावनी दिएका छन् । व्यवसायीहरुका तीनवटै संघद्वारा गठित संयुक्त संघर्ष समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम तथा ग्याँस कारोबार -नियमन) आदेश-२०६९ खारेज नभएमा पेट्रोलियम तथा ग्याँसको कारोबार ठप्प पार्ने चेतावनी दिएका हुन् । पेट्रोलियम तथा ग्याँस कारोबार (नियमन) आदेशमा भएका कतिपय कुराहरु व्यवसायीले पूरा गर्न नसक्ने खालका भएको व्यवसायीहरुले बताएका छन् । नियमन आदेशमा उल्लेखित ग्याँसको रिफिलिङ प्लान्टको लागि दैनिक २५० टन रिफिलिङ क्षमता हुनुपर्ने, २६ लाख राजश्व तिर्नुपर्ने, स्टक क्षमता ५ सय टन हुनुपर्ने, चालु पूँजी ५० करोड हुनुपर्ने लगायतका कुराहरु प्ाूरा गर्न नसक्ने खालका भएको व्यवसायीहरुले बताएका छन् । यो आदेशले मुलुकमा सञ्चालित ५५ वटा उद्योग धरापमा पर्ने उनीहरुको भनाइ छ । पेट्रोलियम पदार्थको थोक विक्री न्यूनतम ३ हजार लिटर हुनुपर्ने, ढुवानी अनुमतिको लागि न्यूनतम ३ ट्याङ्कर हुनुपर्ने, थोक विक्री र ढुवानी गर्न स्वीकृतीको लागि निवेदन दस्तुर १ लाख र सहमतीका लागि ५० लाख गरि ५६ लाख रुपैयाँ बुझाउनुपर्ने, नविकरण ५ लाख बुझाउनुपर्ने पेट्रोलियम तथा ग्याँस कारोबार (नियमन) आदेशमा छ । यी आदेशहरु व्यवसायीहरुले पूरा गर्न नसक्ने पत्रकार सम्मेलनमा व्यवसायीहरुले बताएका छन् । सरकारले संसदमा विचाराधीन रहेको विधेयकलाई पूजीपतिहरुको स्वार्थ पूरा गर्ने उद्देश्यका साथ जारी गरेको भन्दै व्यवसायीहरुले संयूक्त संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका छन् । सरकारले पेट्रोलियम तथा ग्याँसको क्षेत्रमा कार्यरत व्यवसायी र मजदुरहरुलाई समाप्त गर्ने गरी पेट्रोलियम पदार्थ तथा ग्याँसको कारोबार सीमित व्यक्तिको नियन्त्रणमा दिने उद्देश्यका साथ पेट्रोलियम तथा ग्याँस कारोबार -नियमन) आदेश जारी गरेको उनीहरुले आरोप लगाएका छन् । उक्त आदेश खारेज नगर्दासम्म पेट्रोलियम तथा ग्याँसको अनिश्चितकालीन ढुवानी तथा वितरण ठप्प पार्ने पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक खगेश्वर बोहोराले बताउनुभयो । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा नेपाल आयल निगमको एकाधिकार अन्त्य गर्दै निजी क्षेत्रलाई पनि आयत गर्ने अधिकार प्रत्यायोजन गरेको छ । पेट्रोलियम पदार्थको आयत निजी क्षेत्रलाई पनि खुल्ला गरिएकोमा वाणिज्य मन्त्रालय तथा निगमका वरिष्ठ अधिकारी नै असन्तुष्ट बन्दै आएका छन् । व्यवसायीहरुले पेट्रोलियम पदार्थको आयत निजी क्षेत्रलाई छोडिदिएमा देशमा पेट्रोलियम तथा ग्याँसको झनै हाहाकार हुने बताउँदै आएका छन् । सरकारले व्यवसायीहरुसँग सल्लाह नै नगरी निजी क्षेत्रका सिमित व्यापारीलाई कारोबार गर्न दिएको आरोप लगाएका छन् । व्यवसायीहरुले बन्दको कार्यक्रमलाई सफल पार्न देशका विभिन्न ठाउँमा भेला डाकेको छ । संघर्ष समितिका अनुसार चैत २० गते हेटौंडा, विराटनगर र नेपालगञ्जमा भेला डाकिएको छ । त्यस्तै, चैत २२ गते काठमाडौंमा भेला गर्ने समितिले जानकारी दिएको छ । सरकार व्यवसायीहरुको मागप्रति गम्भिर नदेखिएको हुँदा बन्द तथा हड्तालका कार्यक्रम निश्चित बन्दै गएको संयोजक बोहोराले बताउनुभयो । केहि समय अगाडिसम्म पेट्रोलियम तथा ग्याँसको कारोबार निजी क्षेत्रलाई हस्तान्तरण गर्नुपर्ने माग गर्दै आएका व्यवसायीहरु अहिले निजी क्षेत्रलाई कारोबार गर्ने जिम्मा दिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । न्ोपालमा एल.पी. ग्याँस मासिक १८ हजार टन खपत हुँदै आएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger