Widgets

Home » » विश्वको सबैभन्दा सानो मोबाइल चार्जर

विश्वको सबैभन्दा सानो मोबाइल चार्जर

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मोबाइलको ब्याट्रीमा चार्ज सकिएर मोबाइल स्विच अफ हुनु र साथमा चार्जर तथा चार्ज गर्ने ठाउँ समेत नहुँदा दिनभरी नै सम्पर्क वीहिन हुनुपर्छ कहिलेकाहीँ । दिनभरीको यात्रामा हिँडेको बेला मोबाइलको चार्ज सकियो भने त अझ झनै ठूला पीडा हुन्छ । तर अब भने यस्तो पीडाबाट मुक्त भइने भएको छ । वैज्ञानिकहरुले यस्ता मोबाइल चार्जरको विकाश गरेका छन् जुन गोजीमा बोक्न मिल्छ र मोबाइलमा घुसाएपछि आफै मोबाइल चार्ज गर्छ । झण्डै साँचो आकारको यो मोबाइल चार्जरले मोबाइल चार्ज गरेपछि केही घण्टासम्म थेग्छ र मोबाइल स्विचअफ हुनबाट बचाउँछ । फ्युल माइक्रो चार्जर नाम दिइएको यो चार्जरबाट मोबाइल फोन चार्ज गर्नका लागि सुरुमा मोबाइलको स्विच अन गरी यो चार्जर मोबाइलमा घुसाउनुपर्छ । त्यसपछि लगत्तै मोबाइलको ब्याट्री चार्जिङ सुरु हुन्छ । अमेरिकाको म्यासाच्युसेट्समा रहेको डेभोटेक कम्पनीले यो चार्जरको निर्माण गरेको हो । कम्पनीले यो चार्जर विश्वकै सबैभन्दा सानो आकारको मोबाइल चार्जर भएको बताएको छ । आकस्मिक तथा अत्यावश्यकीय प्रयोगका लागि यो उपकरण निकै सहयोगी हुने दाबी कम्पनीको रहेको छ । यो चार्जर १.३ इन्च लामो, ०.९ इन्च चौडा तथा ०.५ इन्च मोटो छ । यो चार्जरबाट मोबाइल चार्ज गर्नका लागि सुरुमा यसलाई बिजुलीमा चार्ज गर्नपर्छ । एकचोटी पूरै चार्ज गरेपछि यसले एक महिनासम्म काम दिन्छ र फेरी चार्ज गर्न सकिन्छ । यो चार्जरमा चार्जेबल ब्याट्री राखिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger