भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ चैत, काठमाण्डौ । एक पाकिस्तानी पुरुषसँग अवैध सम्बन्ध कायम गरेको आरोपमा दुबईमा एक नेपाली महिला कामदारले जेल सजाय पाएकी छिन् । डि.के. नाम दिइएकी ती २८ वर्षकी नेपाली महिलालाई ३० वर्षका पाकिस्तानी कामदारसँग अवैध सम्बन्ध कायम गरेको आरोपमा १ वर्षको जेल सजाय सुनाइएको हो ।
ती पाकिस्तानी युवक नेपाली महिला बस्ने घरमा छिरेर अवैध सम्बन्ध कायम गरेको पाइएपछि दुबइको एक अदालतले दुबै जनालाई एक-एक वर्षको जेल सजाय सुनाएको हो । एक दिन ती पाकिस्तानी युवक नेपाली महिलाले काम गर्ने घरमा छिरेरसँगै बसिरहेको अवस्थामा रंगेहात भेटिएपछि उनीहरुलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।
ती नेपाली महिलाले पाकिस्तानी युवकसँगको सम्बन्धबाट गर्भ समेत बोकेको र अहिले उनी ५ महिनाकी गर्भवती रहेको बताइएको छ । अदालती फैसला अनुसार नेपाली महिला कामदार र पाकिस्तानी पुरुष कामदारलाई एक वर्षको जेल सजायँ पछि आ-आफ्नो देश फर्काइनेछ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.