Widgets

Home » » दुबईमा नेपाली चेलीलाई एक वर्षको जेल सजायँ

दुबईमा नेपाली चेलीलाई एक वर्षको जेल सजायँ

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ चैत, काठमाण्डौ । एक पाकिस्तानी पुरुषसँग अवैध सम्बन्ध कायम गरेको आरोपमा दुबईमा एक नेपाली महिला कामदारले जेल सजाय पाएकी छिन् । डि.के. नाम दिइएकी ती २८ वर्षकी नेपाली महिलालाई ३० वर्षका पाकिस्तानी कामदारसँग अवैध सम्बन्ध कायम गरेको आरोपमा १ वर्षको जेल सजाय सुनाइएको हो । ती पाकिस्तानी युवक नेपाली महिला बस्ने घरमा छिरेर अवैध सम्बन्ध कायम गरेको पाइएपछि दुबइको एक अदालतले दुबै जनालाई एक-एक वर्षको जेल सजाय सुनाएको हो । एक दिन ती पाकिस्तानी युवक नेपाली महिलाले काम गर्ने घरमा छिरेरसँगै बसिरहेको अवस्थामा रंगेहात भेटिएपछि उनीहरुलाई पक्राउ गरी मुद्दा चलाइएको थियो । ती नेपाली महिलाले पाकिस्तानी युवकसँगको सम्बन्धबाट गर्भ समेत बोकेको र अहिले उनी ५ महिनाकी गर्भवती रहेको बताइएको छ । अदालती फैसला अनुसार नेपाली महिला कामदार र पाकिस्तानी पुरुष कामदारलाई एक वर्षको जेल सजायँ पछि आ-आफ्नो देश फर्काइनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger