Widgets

Home » » बच्चैमा अश्लिल फिल्म, मस्तिष्कका लागि खतरा

बच्चैमा अश्लिल फिल्म, मस्तिष्कका लागि खतरा

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


सूचना प्रविधिको विस्तार सँगै समाजमा विकृति पनि बढेका छन् । बालबालिकाहरु समेत साइबरमा झुम्मिने र अश्लील साइटहरु हेर्ने दर बढेको विभिन्न अध्ययनहरुले पनि देखाएका छन् । विभिन्न संचार माध्यम तथा समाचारहरुले पनि बालबालिकाको बाल मस्तिष्कमा यौनका विषयमा कौतुहलता उत्पन्न गरिदिने र यस्ता साइटहरुमा प्रवेश गर्न प्रोत्साहित गर्ने गरेको पाइएको छ । तर यस्ता अश्लील सामाग्री हेर्दा बाल मस्तिष्कमा निकै नकारात्मक दीर्घकालीन असर पुग्ने गरेको एक अध्ययनले देखाएको छ । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार बालबालिकाको मस्तिष्क निकै संवेदनशील हुने भएकाले यस्ता अश्लील सामाग्रीले पार्ने नकारात्मक असरको जोखिम बढी हुन्छ । त्यसैले बालबालिकाहरुलाई यस्ता सामाग्रीबाट बचाउनुपर्ने तर्क उनीहरुको रहेको छ । विज्ञहरुले आफ्नो बच्चाले इन्टरनेटमा हेर्ने साइट तथा कम्प्युटरमा हेर्ने सामाग्री र पुस्तक लगायतका विषयमा हरेक अभिभावकले ध्यान दिनुपर्ने सुझाव पनि दिएका छन् । यस्ता अश्लील साइटबाट बाल मस्तिष्कमा कुविचार सिर्जना हुने र त्यसबाट कुलतमा फस्ने खतरा बढ्ने विज्ञहरुको भनाइ छ । इन्टरनेटमा बच्चैदेखि अश्लिल साइट हेर्न थालेका किशोरकिशोरीहरुमा आपराधिक प्रवृत्ति देखापर्न थाल्ने तथा उनीहरु लागु औषधको सेवन तथा अन्य आपत्तिजनक क्रियाकलापमा समेत संलग्न हुने गरेका अध्ययनहरुले देखाएका छन्

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger