Widgets

Home » » हल्दारलाई कुटपिट गरी यातना

हल्दारलाई कुटपिट गरी यातना

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
उदयपुर, चैत्र १८ - सशस्त्र प्रहरी हलेसी गुल्म दिक्तेलका एक साहयक हल्वादारलाई प्रहरी निरीक्षक र नायव निरीक्षकले कुटपिट गरी यताना दिएका छन् । पाँच दिन पहिले(होलीका दिन) सशस्त्र प्रहरी निरीक्षक तिर्थराज न्यौपाने र प्रहरी नायव निरीक्षक मोहन थापाले साहक हल्दार दशरथ शाहीलाई कुटपिट गरी यतना दिएका हुन् । रक्सी खाएर डियूटी गरेको भन्दै साहक हवल्दार शाहीलाई कुटपिट गरिएको हो । कुटपिटका कारण शाहीको अनुहार र दाहिने तिघ्रामा चोट लागेको छ । 'होलीको दिन गुल्ममा सेन्टर मेसमा खाना खाने कार्यक्रम थियो' सहाक हल्वदार शाहीले भने, 'म पनि सेन्टर मेसमा खाना खाएर साढे १२ बजे बाहिर निस्के' । खाना खानुभन्दा पहिलेको बि्रफिङ्गमा होलीको दिन हो कसैले रक्सी खाने भए खानु भन्ने भनिएको थियो शाहीले भने, 'दुई बजेदेखि डियूटी भएकोले डियूटीमा जानुभन्दा पहिले मैले थोरै रक्सी खाए' । रक्सी खाएपनि डियूटी गरिरहेको र बाहिरबाट मादक पर्दाथ खाएर लठ्ठ भई आएका प्रहरी निरीक्षक न्यौपाने र प्रहरी साहक निरीक्षक थापाले सर्वसाधरणको मोटरसाइकलको डियूटी गरेको भन्दै गाली गरेको उनले बताए । उदयपुरको भुट्टार गाविसको पोखरी घर भएका शाहीले भने, 'गुल्म भित्रैबाट भगवती मन्दिर जाने बाटो छ । तर, सर्वसाधरणलाई हिडन दिएपनि मोटरसाइकल जान दिईदैन । त्यसैले गुल्मको गेट नजिकै ४ वटा मोटरसाइकला राखिएको थियो' । त्यसैलाई डियूटी गरेको भन्दै गाली गरेको शाहीले बताए । 'डियूटि सकेर सुतिरहेको अवस्थामा राति ९ बजे एक्कासी मेडिकल गर्न लगियो' साहक हबल्दार शाहिले भने 'मेडिकल गर्दा मैले आफैले रक्सी खाएको र खानु भन्ने आदेश भएकोले खाए भने' । त्यसपछि व्यारेकमा लगेर पाताफर्काई हातकडि लगाए पानी छेप्दै पिटदै गरेको उनले बताए । 'घोपटो पारेर पानी छेप्दै पिटदै गरे'शाहिले भने 'एक शव्दापनि बोल्न नदिई उचाल्दै पर्छादै मलाई पिटियो' । तर, यसरी पिटिंदा समेत एक पटकपनि गुल्मपनिले नहेरेको र नभेटेको उनले गुनसो गरे । शाहिलाई परिवारलाई समेत सम्र्पक गर्न नदिई तीन दिनसम्म हत्कडी लगाए गुल्मामा राखिएको थियो । साथीहरुले परिवारलाई सम्र्पक गरेपछि १५ गते हत्कडी खोलेर कारबाहीकोलागि भन्दै सशस्त्रको पूर्व क्षेत्रीय कार्यालय पक्कली पठाइएको शाहीका भिनाजु खवेन्द्र रास्कोटिले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger