Widgets

Home » » गाईले मौसमबारे भविष्यबाणी गर्न सक्ने

गाईले मौसमबारे भविष्यबाणी गर्न सक्ने

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

2c6d8f216b5d2cfa7d98a575f0a007ab

हिन्दुहरुको बाहुल्यता रहेको हाम्रो समाजमा गाईको महिमा अप्रमपार छ । गाईलाई शलिन र बुझकी प्राणी भन्दै लक्ष्मीको रुपमा पुज्ने गरिन्छ । तर तपाईलाई यो थाहा नहोला, गाई शलिन र बुझकी हुनुको साथै यसले भविष्यबाणी गर्न सक्छ भनेर? हो, यो सत्य हो ।, तर यसो हामीले भनेका होईनौ । बैज्ञानिकहरुले गाईले बर्षा हुने नहुने सटिक भविष्यबाणी गर्न सक्ने दावी गरेका छन । बैज्ञानिकहरुले यस बारेको अध्ययन पछि निष्कर्ष निकाल्दै गाईले आफ्नो ब्यवहारबाट जाडो गर्मी बाहेक मौसमको सटिक भविष्यबाणी गर्न सक्ने बताएका छन । अध्ययनमा शोधकर्ताहरुले गाई गर्मीको समयमा धेरै बेर सम्म उभिने गरेको पाईएको बताएका छन । उनिहरुले यदि गाई छिन छिन मै कोल्टे फेर्दै यता उता पल्टिने गर्छ भने अब बर्षा हुँदैछ भनेर बुझे हुन्छ, भनेका छन । अध्ययनले जाडोयाममा गाई बस्न रुचाउने र गर्मीयाममा धेरै बेर उभिएर बस्ने गरेको देखाएको छ । बर्षा हुने आशा पलाउन साथ गाई बसेर कोल्टे फेर्दै पल्टिने गरेको शोधकर्ताहरुको भनाई छ । खासमा गाई यताउता पल्टिनुको उद्देश्यय चैँ जमिनबाट तातो शक्ति संचय गर्नु हो । जमिनबाट गाईले शक्ति संचय गर्नुले आगामी दिनमा जमिन चिसो हुने संकेत गर्ने शोधकर्ताहरुले बताएका छन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger