भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१४ चैत, काठमाडौं । नेपालको एकमात्र अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलको सुधारका लागि भारतको सहयोग लिन लागिएको भन्दै विगतमा निकै ठूलो विवाद भयो । तर, बुधबार त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि नेपाल सरकारले जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग सम्झौता गरेको छ ।
जाइकाले विमानस्थलको स्तरोन्नति गर्न ९० करोड ७० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने सम्झौतामा बुधबार हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा जाइका नेपालका प्रमुख सुतोमु सिमिजु र अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत कुनियो ताकाहासीको उपस्थिति रहेको थियो । अनुदान रकम विमानस्थलमा राडार तथा सञ्चार प्रणालीको विकास गर्न खर्चिने सम्झौतापत्रमा उल्लेख छ ।
कार्यक्रममा अर्थसचिव सुवेदीले जापान सरकारको आर्थिक सहयोगबाट नेपालको हवाइ सेवालाई सुरक्षित, भरपर्दो र सुविधायूक्त बनाउन महत्वपूर्ण योगदान हुने बताउनुभयो । जापानी राजदूत ताकाहासीले नेपालको हवाइ सुरक्षामा सुधार गर्न जापान सरकारले आर्थिक सहयोग गरेेको बताउनुभयो । सहयोगबाट नेपालको हवाइ सेवा सुरक्षित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.