Widgets

Home » » यस्तो छ वैद्य माओवादीको चुनाब बिथोल्ने योजना - सरकार मूकदर्शक, चुनाब विरोधीहरु मोर्चाबन्दीमा मस्त

यस्तो छ वैद्य माओवादीको चुनाब बिथोल्ने योजना - सरकार मूकदर्शक, चुनाब विरोधीहरु मोर्चाबन्दीमा मस्त

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ चैत, काठमाडौं । वैद्यपक्षीय नेकपा-माओवादी प्रवक्ता पम्फा भुसालले चुनाव हुन नदिने उद्देश्यले आफ्ना कार्यकर्ताहरुले फोटोसहितको मतदाता नामावली संकलनमा अवरोध पुर्याएको बताउनुभएको छ । प्रवक्ता भुसालको दाबीअनुसार मतदाता नामावलीमै अवरोध पुर्‍याएपछि असारमा संविधानसभाको चुनाव हुने प्रश्नै आउँदैन ।
mohan baidya
पूर्वी नेपालका झापा, मोरंग, धनकुटा र सुनसरीमा संघीय लिम्बुवानका कार्यकर्तासँग मिलेर माओवादी कार्यकर्ताले फोटोसहितको मतदाता नामावली संकलनमा आइतबारदेखि अवरोध पुर्याउन थालेका छन् । देशका अन्य भागमा पनि माओवादी कार्यकर्ताले नामावली अद्यावधिक गर्ने कार्यमा अवरोध पुर्‍याउन शुरु गरेका छन् । आन्दोलनका लागि साना दललाई समेटेर ३३ दलीय गठबन्धन घोषणा गरेको माओवादीले आइतबार मात्रै सार्वजनिक गरेको संघर्षको १० दिने कार्यक्रममा भने मतदाता नामावली अद्यवधिक गर्ने अभियानलाई अवरोध गर्ने बुँदा उल्लेख छैन । घोषित कार्यक्रमविनै मतदाता नामावली संकलनमा अवरोध गर्नु नेकपा-माओवादीको पार्टी नीति विपरीत हो कि हैन भन्ने अनलाइनखबरको प्रश्नमा माओवादी प्रवक्ता भुसालले भन्नुभयो- ‘विल्कुल चुनाव हुँदैन, हामी हुन दिँदैनौं ।’ नेतृ भुसालले आफूहरुले जे गर्दा चुनाव बिथोलिन्छ त्यही गर्ने र चैत्र १ को ‘प्रतिगमन’लाई असफल बनाउन कार्यकर्ताहरुले मतदाता नामावली संकलनमा अवरोध पुर्याएको बताउनुभयो ।
झापाको धरमपुर, लखनपुर, घैलाडुब्बा, मोरंगको उर्लाबारी, पथरी, सुनसरीको इटहरी र धनकुटामासमेत लिम्बुवानका कार्यकर्ताले नेकपा माओवादीसँग मिलेर फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा आइतबार अवरोध पुर्‍याएका छन् । त्यसैगरी नवलपरासी र म्याग्दीमा पनि माओवादी कार्यकर्ताले मतदाता नामावली संकलनमा अवरोध गरेका छन् । खिलराज रेग्मीको नेतृत्वमा हुने चुनाव अवैधानिक भएको भन्दै माओवादी कार्यकर्ताले यसमा अवरोध गर्न थालेका हुन् ।
चुनाब बिथोल्न मोर्चा विस्तार
नेकपा माओवादीले संविधानसभाको चुनाव हुन नदिने रणीनित बनाएर विभिन्न क्षेत्री एवं जातीय पार्टीहरुलाई आफ्नो मोर्चामा ल्याए पनि ती दलहरुभित्र चुनाव बहिस्कार गर्ने कि उपयोग गर्ने भन्नेमा एक मत हुन सकेको छैन । कतिपय साना दलहरु चुनावमा जाँदा आफ्नो हैसियत देखिने भएकाले बहिसकार गर्नुपर्छ भन्नेमा छन् भने केही चाँहि समानुपातिक तर्फबाट एक/दुई सीट जित्ने लोभमा यही सरकारले गराउने चुनावमा भाग लिनुपर्छ भन्नेमा छन् । यद्यपि वैद्य नेतृत्वको माओवादीले उनीहरुलाई रेग्मी नेतृत्वको सरकार ढालेर गोलमेचमार्फत् अर्को सरकार बनाई चुनावमा जाने प्रस्तावमा फकाएको स्रोत बताउँछ ।
वैद्यको ३३ दलीय मोर्चामा रहेका पूर्वफोरम नेता किशोर विश्वासले अनलाइनखबरसम्गको कुराकानीमा वैद्यपक्षीय माओवादीकै भाषा प्रयोग गर्नुले साना दललाई माओवादीले निर्वाचनविरुद्ध प्रयोग गर्ने रणनीति नाएको प्रष्ट हुन्छ । ‘हामी संविधानसभाको विरोधमा हिजो पनि हैनौं, आज पनि हैनौं तर, रेग्मी सरकारविरुद्ध प्रतिगमनविरोधी आन्दोलन जारी छ ।’ नेता विश्वासले अनलाइनखबरसँग भन्नुभयो-’हामीसँग विश्वासको वातावरण बनाउन निर्वाचन आयोगले आफ्नो काम अविलम्ब बन्द गर्नुपर्छ । हामी राजनीतिक पार्टीहरुको वीचमा सर्वपक्षीय गोलमेच गरी त्यो सरकारले गराउने चुनावको पक्षमा छौं । यो सरकारसँग चुनाव गराउने संवैधानिक आधार छैन ।’
उता वीर नेम्वाङको नेतृत्वमा गठित अर्को जातीय मोर्चासँग पनि वैद्यपक्षका माओवादी नेताहरुले वार्ता थालेका छन् । माओवादी नेता खड्गबहादुर विश्वकर्मा र कोचिला इञ्चार्ज शाबित्रीकुमार काफ्लेसँग आफूहरुको छलफल भइरहेको लिम्बुवानका नेता पदम अधिकारीले अनलाइनखबरसँग बताउनुभयो । तर, आफूहरु रेग्मीको नेतृत्वमा चुनावमा जाने कि नजाने भन्ने कुार १७ गते बस्ने बैठकले टंगो लगाउने उहाँले बताउनुभयो । आफूहरु निर्वाचन बहिस्कारको पक्षमा रहे पनि कार्यकर्ताहरुले चुनावमा भाग लिन दबाव दिइरहेको उहाँले बताउनुभयो ।
कुमार लिंगदेनको नेतृत्वमा रहेको मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताहरुले वैद्य माओवादीसँग मोर्चाबन्दी गरिसकेका छन् । हाल पूर्वी नेपालमा वैद्यका कार्यकर्तासँग मिलेर मतदाता नामावली संकलनमा अवरोध पुर्याउने तिनै लिङ्देन पक्षधर कार्यकर्ता हुन् । सञ्जुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान् राज्य परिषद्को अर्को खेमालाई पनि अहिले वीर नेम्वाङहरुसँगै आफ्नो मोर्चामा तान्न वैद्य पक्षका नेताहरु लागिपरेका छन् ।
मधेसमा अर्कै समस्या
एकातिर वैद्यको चुनाव बिथोल्ने तयारी छ भने अर्कातिर भर्खरै जेलबाट छुटेका जयप्रकाश प्रसाद गुप्ताले तराईका सशस्त्र समूहलाई समेटेर चुनाब बिथोल्ने आफ्नो तयारी थालेका छन् । अशोक राई नेतृत्वको संघीय समाजवादी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम पनि सरकारविरुद्ध आन्दोलनमा छन् । यही मौकामा मधेसका सशस्त्र समूह पनि सल्बलाउन थालेका छन् । आइतवार मात्रै जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहले महोत्तरीका जिल्ला शिक्षा अधिकारी उप-सचिव बलबहादुर कार्कीमाथि गोली प्रहार गरी हत्याको प्रयास गर्नुले तराईको सुरक्षा चुनौती सतहमा ल्याइदिएको छ ।
सरकार मूकदर्शक
मोहन वैद्य नेतृत्वको माओवादीले स-साना जातीय एवं क्षेत्री पार्टीहरुलाई आफ्नो पक्षमा मिलाउँदै चुनाव बहिस्कारको माहोंल बनाइरहेका बेला निर्वाचन गराउने जिम्मेवारी पाएको रेग्मी सरकार भने कानमा तेल हालेर बसिरहेको छ । सरकारले वैद्य पक्षका नेताहरुसँग छलफल गर्ने र चुनावको वातावरण बनाउने कुनै काम गरेका छैनन् । सानो शक्ति भनेर सरकारले हेपिररहेका बेला वैद्य माओवादीले खम्बुवान क्षेत्रको आरके खम्बु नेतृत्वको खरामो, लिम्बुवान प्रभाव रहेको कुमार लिङ्देनको संघीय लिम्बुवान र तराईको थरुहटलाईसमेत आफूतिर मिलाएर निर्वाचन बिथोल्ने रणनीति अघि सारिसकेको छ ।
दलको नेतृत्वमा सरकार नबनी राजनीति नबुझ्नेहरु मन्त्री बनेका र र चारदलीय संयन्त्रमा रहेका नेताहरुले समेत वैद्य पक्षको मोर्चालाई कमजोर शक्तिका रुपमा आँकिरहेकाले वैद्य पक्षलाई आफ्नो योजना विस्तारमा सजिलो भएको छ । चार दलका नेताले यिनीहरु केही होइनन् भन्दै रेग्मी सरकालाई सल्लाह दिएकाले आफूहरुलाई फाइदा पुगेको दाबी वैद्यपक्षका नेताले गरेका छन् । भौतिकरुपमै चुनाब बिथोल्न बिथोल्न आफूहरु सफल हुने उनीहरुको दाबी छ ।
यद्यपि गृहमन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मतदाता नामावली संकलनमा अवरोध गर्ने जोकसैलाई प्रचलित कानूनबमोजिम कारवाही गरिने कडा अभिव्यक्ति दिएको छ ।
नामावली संकलन नागरिकको मौलिक अधिकार
यसैवीच संघीय समाजवादी पार्टीका नेता अजम्बर राई काङमाङले आफ्नो दल ५ सूत्रीय माग सहित आन्दोलनमा रहे पनि मतदाता सूचिमा नाम लेखाउन पाउने जनताको अधिकारमाथि हस्तक्षेप नगर्ने बताउनुभयो । ‘जनताले मतदाता सूचिमा आफ्नो नाम लेख्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो ।’ राईले अनलाइनखबरसँग भन्नुभयो-’ यो सरकारप्रति हाम्रो विरोध रहे पनि र यथास्थितिमा निर्वाचनमा सहभागी हुन नसक्ने सम्भावना भए पनि जनताको नैसर्गिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्यमा हाम्रो सहमति हुँदैन ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger