Widgets

Home » » ‘प्रोड्युसर’ को प्रोमो र पोष्टर सार्वजनिक, कलाकार देखिएनन् (भिडियो)

‘प्रोड्युसर’ को प्रोमो र पोष्टर सार्वजनिक, कलाकार देखिएनन् (भिडियो)

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सिनेमा नगरीमा पैसा लगानी गर्ने निर्माता अर्थात प्रोड्युसरको अवस्था कस्तो होला, कसरी सिनेमामा निर्माताले पैसा लगानी गरिरहेका छन्, यिनै बिषयमा केन्दि्रत चलचित्र ‘प्रोड्युसर’ ले आफ्नो प्रचारप्रसार थालेको छ ।काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको प्रोमो तथा पोष्टर सार्वजनिक गरिएको छ । जनकदीप पराजुलीले निर्देशन गरेको यो सिनेमालाई राजकुमार राई र केशव अधिकारीले निर्माण गरेका हुन् । आर.सी पिक्चर्स र द मिडियाज कलेक्शनको संयुक्त लगानीमा तयार भएको सिनेमा भित्र बाबु बोगटी, श्याम अर्याल, विल्सन विक्रम राई, श्वेता भट्टराई, श्याम राइका साथमा नव नायिका पायल रायमाझीको अभिनय छ ।तर चलचित्रको पत्रकार सम्मेलनका कलाकार श्याम अर्याल र श्याम राई मात्र उपस्थित थिए । प्रज्वललित पराजुलीको सम्पादन, सागर प्रधानको छायांकन, किरण माइकलको लेखन, रोशन श्रेष्ठको द्वन्द्व, राहुल प्रधान, सुरेश राई, किरण माइकलको संगीत रहेको यो चलचित्र नयाँ बर्षमा प्रदर्शनमा आउने बताइएको छ । भिडियो हेर्नलाई तल क्लिक गर्नुहोस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger