Widgets

Home » » एसिसी एलिट कपमा नेपालले माल्दिभ्सको सामना गर्दै

एसिसी एलिट कपमा नेपालले माल्दिभ्सको सामना गर्दै

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१३ चैत, काठमाण्डौं । एसिसी एलिटकप क्रिकेटको चौथो संस्करण आजबाट सुरु हुँदैछ । विश्वकप छनोटका लागि डिभिजन थि्रको तयारीमा रहेको नेपालले एसिसि २०/२० क्रिकेट जित्दै डिभिजन थ्री खेल्ने योजनाका साथ दह्रो आत्मविश्वास बनाएर मैदानमा उत्रने भएको छ । आजको पहिलो खेलमा राम्रो प्रदर्शन गरेर आत्मविश्वासका साथ अगाडी बढ्ने नेपाली टोलीका कप्तान पारस खड्काले बताए । टी-२०को फम्र्याटमा खेल हुने भएकाले कसैलाई कमजोर नआँकी मैदानमा उत्रने नेपाली खेलाडीको योजना छ । टोलीले पहिलो खेलमा माल्दिभ्सलाई पराजित गर्दै उपाधिसम्म पुग्ने योजनामा खेल प्रस्तुत गर्ने जनाएका छन् । भर्खरै टस जितेको माल्दिभ्सले नेपाललार्इ व्याटिङको निम्तो दिएको छ । त्यस्तै आजै दिउँसो सवा एक बजे कीर्तिपुर मैदानमै हुने खेलमा मलेसियाले हङकङको सामना गर्नेछ भने पुल्चोक इन्जिनियरिङ मैदानमा सवा नौ बजे हुने खेलमा अफगानिस्त्ानले ओमानको र सवा एक बजेहुने खेलमा युएईले कुबेतको सामना गर्नेछन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger