Widgets

Home » » नेपाल टेलिकमको बिल्डिङमात्रै अग्लो, टावर झूर - निजी कम्पनी पोस्ने षड्यन्त्र : मोबाइल प्रयोगकर्ता

नेपाल टेलिकमको बिल्डिङमात्रै अग्लो, टावर झूर - निजी कम्पनी पोस्ने षड्यन्त्र : मोबाइल प्रयोगकर्ता

Written By sangalo on Monday, March 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१३ चैत, काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा गुणस्तरहीन र झुर बन्दै गएको सर्वसाधरण मोबाइल प्रयोगकर्ताहरुले गुनासो गरेका छन् । अनलाइनखबरले गरेको एक सर्वेक्षणमा अधिकांश सर्वसाधारणले यस्तो गुनासो गरेका हुन् ।
NTC-logoनेपाल टेलिकमले आफ्नो सेवा विस्तारसँगै गुणस्तरमा सुधार गर्दै लैजान नसकेको मोबाइल प्रयोगकर्ताहरुले आरोप लगाएका छन् । पछिल्लो समय नेपाल टेलिकमले आक्रमकरुपमा आफ्नो बजार विस्तार गर्दै गइरहेको छ । तर, बजार विस्तारका क्रममा क्षमताभन्दा बढी सीमकार्ड वितरण गर्दा राजधानी लगायत देशभर मोबाइल सेवाको गुणस्तर निकै खस्किएको छ । सर्वेंक्षणमा अधिकांश एनटीसी मोबाइल प्रयोगकर्ता असन्तुष्ट रहेको भेटियो ।
नेपाल टेलिकमले प्रतिस्पर्धामा रहेको एनसेलका प्रयोगकर्ता भन्दा आफ्ना प्रयोगकर्ताहरुको संख्या धेरै बनाउने ध्याउन्नमा लागेको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुको संख्या ८४ लाख नाघिसकेको छ । त्यस्तै, जिपिआरएस प्रयोगकर्ताहरुको संख्या करिब २३ लाख पुगिसकेको छ । नेपाल टेलिकमले प्रि-पेड, पोष्टपेड, सिडिएमए र थ्रिजी सेवाहरु प्रदान गर्दै आएको छ ।
एनटीसीको मोबाइल फोनमा सम्पर्क गर्दा तपाईले सम्पर्क गर्न खोज्नुभएको मोबाइलमा सम्पर्क हुन सकेन, तपाईले सम्पर्क गर्न खोजेको मोबाइल व्यस्त छ, अहिले सर्किटहरु व्यस्त छन्, तपाईले सम्पर्क गरेको मोबाइलको स्विच अफ गरिएको छ लगायतका स्वर सुनिन्छ । पछिल्लो समय एनटीसी मोबाइलले स्विच अफ नै नगरेको मोबाइललाई पनि स्विच अफ गरेको भनेर झुक्काउने गरेको छ ।
टेलिकमको जिपीआरएस सेवा पनि काम नलाग्ने भएको सर्वेक्षणमा गुनासो सुनियो । टेलिकमले नाम मात्रको जिपिआरएस सेवा प्रदान गरेर सर्वसाधारणलाई लुट्ने काम गरिरहेको उनीहरुको आरोप छ । लोडसेडिङको समयमा जिपिआरएसले काम नै गर्दैन । तर, नेपाल टेलिकमले आकर्षक नारा दिएर जिपिआरएस सेवाको प्रचार-प्रसार गर्दै आएको छ । नेपाल टेलिकमले इन्टरनेट चलाउनका लागि भन्दै थि्रजी सीमहरु वितरण गरिरहेको छ । थि्रजी सीम किनेर चलाउँदा पनि इन्टरनेट नचलेको सर्वसाधारणको गुनासो छ । केही उपभोक्ताहरु टेलिकमको मोबाइल सेवाबारे यस्तो भन्छन् ः
एनटीसीको नेटवर्क झुर छ
पदमप्रसाद पोखरेल/सहकारी सञ्चालक
एनटीसीको मोबाइल सेवा एकदमै झुर छ । जतिवेला पनि नेटवर्क समस्या देखाउँछ । नेटवर्क समस्याकै कारण भनेको बेलामा फोन सम्पर्क गर्न सकिदैन् । फोन सम्पर्क भइहालेमा पनि राम्रोसँग कुरा बुझिँदैन । बिजुलीको लाइन गएको बेलामा मोबाइलले झनै काम गर्दैन ।
अहिले त एनटीसीको मोबाइलमा मेरो विश्वास पनि घट्दै गएको छ । मैले न्यूरोडमा काम गर्ने हुँदा त्यहाँ झनै नेटवर्कको समस्या देखाउँछ । अत्यावश्क बेलामा फोन सम्पर्क नभएर रिस उठाउने गरेको छ एनटीसी मोबाइल सेवाले । नेपाल टेलिकमले नेटवर्कको गुणस्तर सुधारतर्फ खासै ध्यान दिएको छैंन । टेलिकम आक्रामक रुपमा सीम बेचेर बजार विस्तार गर्ने ध्याउन्नमा मात्र लागेको छ ।
एनटीसीको जिपीआरएस सेवा पनि नाम मात्रको हो । मोबाइलमा इन्टरनेट नै चल्दैन । इन्टरनेट चलाउनकै लागि मैले उच्च क्षमताका एन्ड्रोइड मोबाइलहरु किनें, तर ती मोबाइलमा पनि इन्टरनेट चलेन । टेलिकमको मोबाइलले हामीलाई सेवाभन्दा तनाव बढी दिने गरेको छ ।
एकै पटकमा फोन सम्पर्क हुँदैन
राम श्रेष्ठ चौधरी/सर्वसाधरण
एनटीसीको सेवा निकै गुणस्तरहीन छ । एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा सम्पर्क नै हुँदैन । सम्पर्क गर्नका लागि कम्तिमा ३/४ पटक डायल गर्नुपर्छ । एकै पटकमा फोन लाग्यो भने आश्चर्य मान्नुपर्ने अवस्था छ ।
एनटीसीको मोबाइलबाट फोन सम्पर्क गर्दा जति बेला पनि नेटवर्क बिजी छ, मोबाइल व्यस्त छ, अहिले सम्पर्क हुन सकेन भनेर जवाफ फर्काउने गर्छ । अत्यावश्यक समयमा फोन सम्पर्क नभएर मोबाइलले मलाई हैरान बनाएको छ । टेलिकमले नेटवर्कको तत्काल गुणस्तर सुधार गरेर राम्रो सेवा प्रदान गर्नुपर्छ ।
 कमिसनको खेल हुँदा गुणस्तर खस्कियो
राजकुमार श्रेष्ठ /जुत्ता व्यवसायी
एनटीसी मोबाइलको सेवा अहिले धेरै खस्केर गएको छ । जतिबेला पनि मोबाइलमा नेटवर्क हुँदैन । मोबाइलमा नेटवर्क नै नहुँदा हामीजस्ता व्यवसायीहरु निकै मर्कामा परेका छौं । हामी व्यवसायीले हरेक क्षेत्रका मान्छेहरुसँग छिन-छिनमा फोन गर्नुपर्ने हुन्छ । तर, फोनबाट सहजै सम्पर्क गर्न निकै गाह्रो छ । ३/४ पटकसम्म डायल गर्यो भने बल्ल सम्पर्क हुन्छ, हेलो भन्न नपाउँदै फोन काटिन्छ । यो मैलेमात्र नभएर सबै नेपालीले भोग्दै आएको समस्या हो ।
फोनमा कुरा गर्दागर्दै डिस्टर्व आउने, कटिनेजस्ता समस्याले हामी निकै तनावमा हुन्छौं । सेवा राम्रो नदिए पनि टेलिकमले पैसा भने काटिरहन्छ । एउटा सम्बाद सम्पन्न गर्न ४/५ पटक सम्पर्क गर्नुपर्ने अवस्था छ । एनटीसीको जिपिआरएस सेवा पनि नाम मात्रको हो । मैले मोबाइलमा इन्टरनेट चलाउन धेरै प्रयास गर्छु, तर इन्टरनेट चल्दै चल्दैन । टेलिकमले चल्दै नचल्ने जिपिआरएस सेवाको आकर्षक विज्ञापन गरेर सर्वसाधारण झुक्काउने काम गरिरहेको छ ।
नेपाल टेलिकम सरकारी स्वामित्वमा रहेको कम्पनी हो । मलाई गुणस्तर बिगँ्रदै जानुमा कमिसनको खेल भइरहेको छ जस्तो लाग्छ । निजी क्षेत्रका मोबाइल कम्पनीहरुलाई प्रोत्साहन गर्नका लागि भित्रभित्रै नेपाल टेलिकमलाई डुबाउने प्रयास भइरहेको छ । नेपाल टेलिकमको मोबाइल सेवा नराम्रो भएपछि त ग्राहकहरु स्वतः निजी कम्पनीका अन्य मोबाइलतर्फ आकषिर्त हुन्छन् ।
बिल्डिङ ठडियो, टावर ठडिएन
राम श्रेष्ठ /ट्याक्सी चालक
म एनटीसी मोबाइल सेवाप्रति ९९ प्रतिशत असन्तुष्ट छु । एनटीसी मोबाइलको नेटवर्क अहिले खत्तम भएको छ । चाहेको बेलामा कसैलाई पनि फोन सम्पर्क गर्न सकिँदैन । फोन सम्पर्क भईहालेमा पनि पूरै कुरा गर्न पाइँदैन । म जडीबुटीमा बस्छु, त्यहाँ एनटीसीको नेटवर्क नै टिप्दैन । मैले वाध्यतावस एनटीसीको मोबाइल प्रयोग गरेको हँु । एनटीसीको मोबाइलमा भर परेर हिँड्नु एक किसिमले मूर्‍खाइँ जस्तो लाग्छ । यसले जतिबेला पनि जुनसुकै ठउँमा धोका दिन्छ ।
एनटीसी मोबाइलको गुणस्तर बृद्धि गर्दै जानुपर्नेमा झन ओरालो लागिरहेेको अवस्था छ । प्रविधिमा झुम्मिरहेका मान्छेहरुलाई एनटीसीले आकषिर्त गर्न सकेको छैन् । यसको जिपीआरएस सेवा पनि झुर छ । जिपिआरएस चलाउन मन लागेपनि गुणस्तरीय सेवा नहुँदा चलाउन पाइँदैन । मैले मोबाइलमा इन्टरनेट कहिलेकाहीँ मात्र चलाउँछु किनभने मोबाइलमा इन्टरनेट जतिबेला पनि चल्दैन । फेसबुकमा स्टाटस लेखेर पोष्ट गर्नुपर्‍यो भने कहिले त २/३ घण्टासम्म कुर्नुपर्छ ।
नेपाल टेलिकमले ठूला-ठूला बिल्डिङहरु ठडाउन सकेको छ, तर टावर ठडाउन सकेको छैन । बिल्डिङले नेटवर्क दिँदैन । टेलिकमले सेवाको नाममा ग्राहकहरु लुट्ने काम गरिरहेको छ । एनटीसीको सेवा भोलि राम्रो भयो भने भगवान जाने, अहिलेचाँहि बाध्यताले मात्र चलाउनुपरेको छ ।
इन्टरनेट सेवा नाम मात्रको
राममणि खतिवडा /पर्यटन व्यवसायी
नेपाल टेलिकमले निजी क्षेत्रका कम्पनीहरुले सरह गुणस्तरीय सेवा प्रदान गर्न सकिरहेको छैन । प्रशासनको अकर्मन्यता, राजनीतिक हस्तक्षेप लगायतका कारणले नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्न नसकेको हो भन्ने लाग्छ । देशको सबैभन्दा ठूलो नाफामूलक संस्था भएर पनि सेवा गुणस्तरहीन प्रदान गर्नु अत्यन्त दुःखद कुरा हो ।
नेपाल टेलिकममा सेवाहरुमा धेरै कुराहरु सुधार गर्नुपर्ने देखिन्छ । मैले एनटीसी मोबाइललाई मात्र विश्वास गर्न नसकेर एनसेल मोबाइल पनि बोकेर हिँडेको छु । एनटीसी मोबाइलले त धोका दिन्छ । स्विच अफ नभएको मोबाइललाई स्विच अफ भनिदिन्छ । एकैपटकमा सम्पर्क गर्न मुस्किल पर्छ । मैले अनुभव गरेको एनटीसी मोबाइलबाट फोन सम्पर्क गर्दा ७० प्रतिशतसम्म २ देखि ४ पटकसम्म डायल गर्नुपर्छ, ३० प्रतिशतमात्र १ पटकमै फोन सम्पर्क हुने सम्भवना रहन्छ । जिपिआरएस सेवा चल्दै चल्दैन । मैले इन्टरनेट चलाउन भनेरै स्मार्ट फोन किने, तर, इन्टरनेट चलेन ।
सेवाप्रति सन्तुष्ट छैन
सिर्जना कुईंकेल /पत्रकार
नेपाल टेलिकमले जुन रˆतारमा सेवा विस्तार गरेको छ, त्यही रˆतारमा गुणस्तर बृद्धि गर्न सकेको छैन । पछिल्लो समय एनटीसीको सेवा झनै बिग्रँदै गएको छ । लोडसेडिङको बेलामा त मोबाइलले काम नै गर्दैर्न भन्दा पनि हुन्छ । वास्तवमै म एनटीसी मोबाइलको प्रयोगबाट सन्तुष्ट छैन ।
हामी सञ्चारमाध्यममा काम गर्ने मान्छेलाई त एनटीसी मोबाइलले झनै तनाव दिने गरेको छ । हामीलाई छिटो-छिटो समाचार दिनुपर्ने हुन्छ, तर समयमा फोन सम्पर्क गर्न नसक्दा कतिपय महत्वपूर्ण समाचारहरु समयमा छुट्छन् । टेलिभिजनमा लाइभ समचार दिँदा पनि नेटवर्कले धेरै समस्या दिने गर्छ । इन्टरनेट सेवा उपलब्ध भए पनि गुणस्तरहीन छ । मोबाइलमा इन्टरनेट नै चल्दैन । चलेपनि अत्यन्त ढीलो चल्छ । एनटीसीको इन्टरनेट सेवा शुन्य बराबर छ भन्दा फरक नपर्ला । टेलिकमले इन्टरनेट चलाउनका लागि भन्दै थ्रीजी सीम बाँडिरहेको छ । ती सीमहरुमा पनि इन्टरनेट चल्दैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger