Widgets

Home » , » म अझै भर्जिन छु जिया केसी

म अझै भर्जिन छु जिया केसी

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
 
आधा दर्जन फिल्म खेल्दा नपाएको चर्चा झापाकी जिया केसीले एटीएम नामक एउटै फिल्मबाट पाइन् । चर्चा मात्र होइन, यसमा प्रयोग भएका कतिपय दृश्य र संवादका कारण राज्यले यो फिल्मलाई एक दिन एक शोभन्दा बढी चल्न दिएन । हो यही माया हो, एटीएम, रुद्राक्ष, आफ्नै मनलाई सोधी हेर, बर्बाद, रिङरोड, जिगोलोजस्ता फिल्मकी यी झापाली हिरोइन एटीएमजस्तो हट फिल्मका कारण हट केक त बनेकै थिइन्, भुवन केसीस“गको सम्बन्धलाई लिएर अझ बढी चर्चामा छिन् । यो ताजा अंकका यिनै हट हिरोइनसँगको हट टक । 
प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?
प्रेम मानिसलाई सञ्चालित गर्ने शक्ति हो । मायाप्रेमबिना संसार अडिदैन । संसार अडिएकै माया र प्रेमले हो ।
जीवनमा प्रेम किन जरुरी छ ?
प्रेमबिना त मानिस बाँच्नै सक्दैन नि । जन्मेपछि बाबुआमा र परिवारको प्रेमको खाँचो हुन्छ भने ठूलो हुँदै गएपछि विपरीत लिंगीको प्रेम जरुरत पर्छ । एक्लोपन र फ्रस्टेसन हटाउन पनि प्रेम जरुरी छ जस्तो लाग्छ ।


कुन उमेरमा गरिएको प्रेम सही हुन्छ ?
लभ इज लाइफ पनि भन्छन्
लाइफ इज लभ पनि भन्छन् । म त लाइफ इज लभ भन्छु । त्यसैले आफ्नो खुट्टामा उभिएर गरेको माया सही हुन्छ ।
तपाईंको जीवनमा प्रेम कतिपटक भयो ?
मेरो जीवनमा कहिल्यै हुनै पाएन । जीवनमा यति धेरै प्रपोज आयो कि चुज गर्नै कठिन भयोचुज गर्नै सकिनँ । स्कुल र कलेज पढ्दा सँगै पढ्ने साथीहरूले प्रपोज गर्थे । फिल्ममा आएपछि फिल्मभित्रकै र बाहिरको मानिसले लगातार प्रपोज गरिरहेका छन् ।  विज्ञापन बनाउनेहरूले प्रपोज गरेका छन्केही पत्रकारले पनि प्रपोज गरेका छन् । विज्ञापन बनाउने कतिपयले त गाडीघर फ्ल्याट दिन्छुसम्म पनि भने । म चाहन्छु मलाई यस्तो मान्छेले प्रपोज गरोस्जसले मलाई बुझोस् । तर मैले लभ प्रपोज गर्नुलाई कहिल्यै नराम्रो रूपमा लिइनँ । फूल भएपछि भमरा त आउँछन् निहोइन 
घर दिन्छु गाडी किन्छु भन्दा पनि किन स्वीकार नगरेको त ?
मायाप्रेम भनेको किनबेच गर्ने कुरा होइन । एउटा हातले ताली बज्दैन । लभ र सेक्स भन्ने कुरा एउटा पक्षले मात्र चाहेर हुँदैन । दुवैको उत्तिकै चाहना हुनुपर्छ ।
रोमान्स भनेको के हो ?
कसैले किसमाकसैले सेक्समाकसैले पैसामा रोमान्स गर्छ । यो आआफ्नो दृष्टिकोण र चाहनाको विषय हुन्छ । जसलाई जे मन पर्छत्यसैसँग रोमान्स हुन्छ ।

वास्तविक रोमान्सका लागि कस्तो ठाउँ र कुन समय ठीक हुन्छ 
?
रोमान्स भन्ने कुरा विशेष गरी आफूखुसी भएको बेलामा हुने कुरा हो । रोमान्सको सही समय भनेको मुख्य कुरा लभमा छु भन्ने फिल हुनुपर्यो । अँ
फ्री भएको बेलाचाहिँ हुन पर्छ है । 
रोमान्सको बाधक के हो ?
जबरजस्ती गर्न खोजियो भने त्यही नै रोमान्सको बाधक हुन्छ । आँखा चिम्लेर रोमान्स हुन सक्दैन । रोमान्सका लागि मन र दिमाग दुवै खुला हुनुपर्छ ।
सेक्सको परिभाषा कसरी दिनुहुन्छ ?
सेक्स भनेकै हामी हौं । यो प्रकृतिले दिएको मीठो स्वरूप हो । बस्
कसैलाई खानाजस्तै चाहिइरहन्छकसैलाई नभए पनि हुन्छ । तर भगवान्को पालादेखि यो चलेको छ । चाहिन चाहिँ सबैलाई चाहिन्छधेरै र थोरैको कुरा बेग्लै हो । सेक्स नभएको भए म पनि हुने थिइनँ । संसारमा कोही पनि हुने थिएन ।

बिहेअगाडिको सेक्सलाई के भन्नुहुन्छ ?
जमाना कहाँबाट कहाँ पुगिसक्यो
जमानाअनुसार बिहेअगाडि सेक्स ठूलो कुरा होइन । तर नेपालमा जन्मेकाले भरसक बिहेअगाडि सेक्स नगरेको वा बिहे हुने पक्का भएको मानिससँग मात्र गरे ठीक होला ।

भन्नाले मन मिल्छ भने बिहेअघिको सेक्स सम्बन्ध पनि ठीक हुन्छ 
?
मन मात्र मिलेर हुँदैन
बिहे हुने पक्का पनि हुनुपर्छ । बिहे हुने नहुने स्योर छैन भने यस्तो रिलेसन नराखेको राम्रोबिहे हुने पक्का छ भने त के फरक पर्यो र ।

तपाईंको सेक्स अनुभव 
?
छैनअहिलेसम्म मैले सेक्सको अनुभव गरेको छैन । म अझै भर्जिन छु । 
तपार्इंको विचारमा कुन उमेरको सेक्स रिलेसन ठीक हुन्छ ?
उमेर त त्यही हो
आफ्नो खुट्टामा उभिन सक्ने भएको हुनुपर्छ । २२२४ वर्षको उमेर सेक्सका लागि ठीक हुन्छ होला ।
सेक्सका लागि कस्तो ठाउँ उपयुक्त र रोमान्टिक हुन्छ ?
ठाउँ त खुला मौसम होस्हिमाल र पहाड देखिने ठाउँ होस्,त्यो रोमान्टिक हुन्छ । जोमसोसइलामजस्तो ठाउँमा भयो भने सुनमा सुगन्ध हुन्छ होला । म त सेक्सको समयमा त्यस्तो ठाउँ होस् भन्ने चाहन्छु ।

कस्तो सेक्स असुरक्षित हुन्छ ?
मान्छेलाई नबुझीकन अनि सेक्स भनेको नबुझी कसैसँग सेक्स रिलेसन भए असुरक्षित हुन्छ । साधन प्रयोग नगर्दा पनि असुरक्षित हुन्छ । अहिले त बजारमा कन्डमहरू आएको छ
प्रयोग गर्नु राम्रो ।

 फिल्ममा सेक्स जरुरी छ ?
फिल्म कस्तो हो त्यो हेरेर हुन्छ । लोग्नेस्वास्नी वा प्लेब्वाइको क्यारेक्टर छ भने त सेक्स सिन पनि हुनुपर्यो नि । सेक्स सिन राखे पनि भल्गर भने हुनुभएन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger