भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
आधा दर्जन फिल्म खेल्दा नपाएको चर्चा झापाकी जिया केसीले एटीएम नामक एउटै फिल्मबाट पाइन् । चर्चा मात्र होइन, यसमा प्रयोग भएका कतिपय दृश्य र संवादका कारण राज्यले यो फिल्मलाई एक दिन एक शोभन्दा बढी चल्न दिएन । हो यही माया हो, एटीएम, रुद्राक्ष, आफ्नै मनलाई सोधी हेर, बर्बाद, रिङरोड, जिगोलोजस्ता फिल्मकी यी झापाली हिरोइन एटीएमजस्तो हट फिल्मका कारण हट केक त बनेकै थिइन्, भुवन केसीस“गको सम्बन्धलाई लिएर अझ बढी चर्चामा छिन् । यो ताजा अंकका यिनै हट हिरोइनसँगको हट टक ।
प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?
जीवनमा प्रेम किन जरुरी छ ?प्रेम मानिसलाई सञ्चालित गर्ने शक्ति हो । मायाप्रेमबिना संसार अडिदैन । संसार अडिएकै माया र प्रेमले हो । प्रेमबिना त मानिस बाँच्नै सक्दैन नि । जन्मेपछि बाबुआमा र परिवारको प्रेमको खाँचो हुन्छ भने ठूलो हुँदै गएपछि विपरीत लिंगीको प्रेम जरुरत पर्छ । एक्लोपन र फ्रस्टेसन हटाउन पनि प्रेम जरुरी छ जस्तो लाग्छ । कुन उमेरमा गरिएको प्रेम सही हुन्छ ? लभ इज लाइफ पनि भन्छन्, लाइफ इज लभ पनि भन्छन् । म त लाइफ इज लभ भन्छु । त्यसैले आफ्नो खुट्टामा उभिएर गरेको माया सही हुन्छ । मेरो जीवनमा कहिल्यै हुनै पाएन । जीवनमा यति धेरै प्रपोज आयो कि चुज गर्नै कठिन भयो, चुज गर्नै सकिनँ । स्कुल र कलेज पढ्दा सँगै पढ्ने साथीहरूले प्रपोज गर्थे । फिल्ममा आएपछि फिल्मभित्रकै र बाहिरको मानिसले लगातार प्रपोज गरिरहेका छन् । विज्ञापन बनाउनेहरूले प्रपोज गरेका छन्, केही पत्रकारले पनि प्रपोज गरेका छन् । विज्ञापन बनाउने कतिपयले त गाडी, घर फ्ल्याट दिन्छुसम्म पनि भने । म चाहन्छु मलाई यस्तो मान्छेले प्रपोज गरोस्, जसले मलाई बुझोस् । तर मैले लभ प्रपोज गर्नुलाई कहिल्यै नराम्रो रूपमा लिइनँ । फूल भएपछि भमरा त आउँछन् नि, होइन ?
घर दिन्छु गाडी किन्छु भन्दा पनि किन स्वीकार नगरेको त ?
रोमान्स भनेको के हो ?मायाप्रेम भनेको किनबेच गर्ने कुरा होइन । एउटा हातले ताली बज्दैन । लभ र सेक्स भन्ने कुरा एउटा पक्षले मात्र चाहेर हुँदैन । दुवैको उत्तिकै चाहना हुनुपर्छ । कसैले किसमा, कसैले सेक्समा, कसैले पैसामा रोमान्स गर्छ । यो आ–आफ्नो दृष्टिकोण र चाहनाको विषय हुन्छ । जसलाई जे मन पर्छ, त्यसैसँग रोमान्स हुन्छ । वास्तविक रोमान्सका लागि कस्तो ठाउँ र कुन समय ठीक हुन्छ ? रोमान्स भन्ने कुरा विशेष गरी आफूखुसी भएको बेलामा हुने कुरा हो । रोमान्सको सही समय भनेको मुख्य कुरा लभमा छु भन्ने फिल हुनुपर्यो । अँ, फ्री भएको बेलाचाहिँ हुन पर्छ है ।
रोमान्सको बाधक के हो ?
सेक्सको परिभाषा कसरी दिनुहुन्छ ?जबरजस्ती गर्न खोजियो भने त्यही नै रोमान्सको बाधक हुन्छ । आँखा चिम्लेर रोमान्स हुन सक्दैन । रोमान्सका लागि मन र दिमाग दुवै खुला हुनुपर्छ । सेक्स भनेकै हामी हौं । यो प्रकृतिले दिएको मीठो स्वरूप हो । बस्, कसैलाई खानाजस्तै चाहिइरहन्छ, कसैलाई नभए पनि हुन्छ । तर भगवान्को पालादेखि यो चलेको छ । चाहिन चाहिँ सबैलाई चाहिन्छ, धेरै र थोरैको कुरा बेग्लै हो । सेक्स नभएको भए म पनि हुने थिइनँ । संसारमा कोही पनि हुने थिएन । जमाना कहाँबाट कहाँ पुगिसक्यो, जमानाअनुसार बिहेअगाडि सेक्स ठूलो कुरा होइन । तर नेपालमा जन्मेकाले भरसक बिहेअगाडि सेक्स नगरेको वा बिहे हुने पक्का भएको मानिससँग मात्र गरे ठीक होला । भन्नाले मन मिल्छ भने बिहेअघिको सेक्स सम्बन्ध पनि ठीक हुन्छ ? मन मात्र मिलेर हुँदैन, बिहे हुने पक्का पनि हुनुपर्छ । बिहे हुने नहुने स्योर छैन भने यस्तो रिलेसन नराखेको राम्रो, बिहे हुने पक्का छ भने त के फरक पर्यो र । तपाईंको सेक्स अनुभव ? छैन, अहिलेसम्म मैले सेक्सको अनुभव गरेको छैन । म अझै भर्जिन छु ।
तपार्इंको विचारमा कुन उमेरको सेक्स रिलेसन ठीक हुन्छ ?
सेक्सका लागि कस्तो ठाउँ उपयुक्त र रोमान्टिक हुन्छ ?उमेर त त्यही हो, आफ्नो खुट्टामा उभिन सक्ने भएको हुनुपर्छ । २२–२४ वर्षको उमेर सेक्सका लागि ठीक हुन्छ होला । ठाउँ त खुला मौसम होस्, हिमाल र पहाड देखिने ठाउँ होस्,त्यो रोमान्टिक हुन्छ । जोमसोस, इलामजस्तो ठाउँमा भयो भने सुनमा सुगन्ध हुन्छ होला । म त सेक्सको समयमा त्यस्तो ठाउँ होस् भन्ने चाहन्छु । कस्तो सेक्स असुरक्षित हुन्छ ? मान्छेलाई नबुझीकन अनि सेक्स भनेको नबुझी कसैसँग सेक्स रिलेसन भए असुरक्षित हुन्छ । साधन प्रयोग नगर्दा पनि असुरक्षित हुन्छ । अहिले त बजारमा कन्डमहरू आएको छ, प्रयोग गर्नु राम्रो । फिल्ममा सेक्स जरुरी छ ? फिल्म कस्तो हो त्यो हेरेर हुन्छ । लोग्नेस्वास्नी वा प्लेब्वाइको क्यारेक्टर छ भने त सेक्स सिन पनि हुनुपर्यो नि । सेक्स सिन राखे पनि भल्गर भने हुनुभएन । |
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.