भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कसैकसैलाई फिल्म लाइन भयंकर फाप्दो रहेछ । कसैलाई बीसौं वर्ष यही क्षेत्रमा लगातार व्यस्त रहेर काम गरेर पनि सुविधायुक्त जीवन जिउन नपाउने यही क्षेत्रमा कसैलाई भने भगवान्ले पनि दिल खोलेर दिँदा रहेछन् । नायिका सुमिना घिमिरेले नेपाली फिल्म क्षेत्रमा अनुहार देखाउन थालेको जम्मा तीन वर्ष भएको छ । नेपाली फिल्ममा एउटा हिरोइनले ज्यादासे ज्यादा कति पारिश्रमिक पाउँछन्, त्यो पनि जगजाहेर छ । सुमिनाको हकमा फिल्मबाहेक कमाइ गर्ने अर्को क्षेत्र पनि छैन । यस्तो अवस्थामा यो क्षेत्रमा आएको जम्मा तीन वर्षमा सुमिनाले घरै जोडिदिइन् । त्यो पनि काठमाडौंको शंखमूलमा ७छ लाख रुपियाँ मूल्य पर्ने आलिसान घर । सुमिनाले यो घर के किनेकी थिइन्, मानिसहरू प्रश्न गर्न थाले यत्रो पैसा कहाँबाट आयो ? घर पैसाले मात्र किनिन्छ र ? भाग्य पनि चाहिन्छ नि, कसो सुमी ?
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.