भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गत वर्षको जुनमा आफ्नी अभिनेत्री पत्नी क्याटी होम्ससँग छुट्टिएका ५० वर्षीय हलिउड स्टार टम क्रुजले आफू ४ वर्ष उमेरको हुँदाखेरी नै फिल्म बनाउने सपना देख्ने गरेको र त्यसमाथि पनि प्रत्येक चलचित्रमा एक नयाँ पात्र जन्माउने विचार गर्ने गरेको शोविज स्पाइले जनाएको छ । क्रुजले भनेका छन्– ‘सधैं नयाँ पात्र जन्माउनु रमाइलो हुन्छ । त्यसका लागि संसार डुलेर, नयाँनयाँ मान्छे भेटेर र नयाँ रहनसहनबारे बुझ्ने सपना देख्थें । बाल्यकालका सुखद सपना अहिले साकार गर्दै जान पाएकोमा खुसी लागेको छ ।’ निर्मातासमेत रहेका क्रुज हाल अल यु निड इज किलमा व्यस्त छन् । त्यसमा उनले एक सैनिकको भूमिकामा अभिनय गरेका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.