Widgets

Home » , » हजार भुटानी शरणार्थी क्यानडा लगिने

हजार भुटानी शरणार्थी क्यानडा लगिने

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ चैत, काठमाण्डौं । पूर्वी नेपालका थप हजार भुटानी शरणार्थी तस्रो देश पुर्नबास कार्यक्रम अन्तर्गत क्यानडा जाने भउका छन् । क्यानडाका नागरिक तथा अध्यागमन मन्त्री जासन केन्नीले बुधबार आगामी दुई बर्षभित्र थप हजार भुटानी शरणार्थी नेपालबाट लैजाने घोषणा गरे । ‘शरणार्थीलाई सहयोग गर्ने क्यानडाको पुरानो परम्परा हो । विश्वका प्रत्येक १० शरणार्थीमध्ये एकलाई हामीले पुनर्वास गराउँदै आएका छौं,’ क्यानडाको नागरिक तथा अध्यागमन मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । तीन दशकदेखि भुटानी शरणार्थी पूर्वी नेपालका विभिन्न सात शिविरमा बस्दै आएका छन् । स्वदेश र्फकन नपाएका शरणार्थीलाई अस्ट्रेलिया, डेनमार्क, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, अमेरिका, बेलायत र क्यानडाले तेस्रा देश पुर्नवास कार्यक्रम अन्तर्गत लगिरहेको नागरिक दैनिकमा खबर छ । क्यानडाले सन २००७ मेमा पाँच बर्षभित्र पाँचहजार भुटानी शरणार्थी लैजाने घोषणा गरेको थियो । २०१२ जुनसम्ममा पाँच हजार शरणार्थी क्यानडाले भित्र्याएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger