Widgets

Home » , » अपराधीलाई कारबाही गर्ने प्रहरीलाई नै कारबाही !

अपराधीलाई कारबाही गर्ने प्रहरीलाई नै कारबाही !

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ चैत, काठमाण्डौं । नेपाल प्रहरीले गैरव्यावसायिक एवं अमर्यादित गतिविधिमा संलग्न भएको ठहर गर्दै एकजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुईजना प्रहरी उपरीक्षक (एसपी) सहित १ हजार २० जनालाई विभागीय कारबाही गरेको छ । कारबाहीमा पर्नेमा प्रहरी नायब उपरीक्षक (डिएसपी) तीनजना, प्रहरी निरीक्षक १६, प्रहरी नायब निरीक्षक ४५, प्रहरी सहायक निरीक्षक ६४, प्रहरी हवल्दार १ सय ७४, प्रहरी जवान ६ सय ९९ र प्रहरी परिचर १६ जना गरी जम्मा १ हजार २० जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली तथा व्यावसायिक आचरणविपरीत काम गरेको पाइएको भन्दै उनीहरुलाई कसुरको मात्रा हेरी प्रहरी ऐन र नियमावलीअनुसार विभागीय कारबाही गरिएको स्पष्ट पारेको खबर राजधानीलगायतका विभिन्न पत्रपत्रिकामा खबर छ । नेपाल प्रहरीले हालै अख्तियार गरेको एकबर्षे कार्ययोजनाको सूची अन्तर्गत शून्य सहनशीलताको नीतिलाई कडाईका साथ अबलम्बन गर्ने सम्बन्धमा स्वच्छ, पारदर्शी एवं मर्यादित रुपमा आफ्नो जिम्मेवारी निर्वाह नगर्ने प्रहरी कर्मचारीलाई प्रहरी प्रधानकाषएलयबाट कारबाहीको पक्रिया अघि बढाइएको प्रधान कार्यालयले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger