Widgets

Home » , » पारसले भने-नेपाल आएर समाजसेवा गर्छु

पारसले भने-नेपाल आएर समाजसेवा गर्छु

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१६ चैत, काठमाण्डौं । ‘तपाईहरुको सहयोगले मैले पुनजीवन पाएँ । अब म ४५ दिन सुधारगृहमा बस्छु । सुधि्रएर नेपाल नै र्फकनेछु र सामाजिक संस्थामा लागेर नेपाल र नेपालीका लागि काम गर्न चाहन्छु,’ फागुन ८ गते अचानक बेहोस भएपछि थाइल्यान्डको समितिभेज अस्पतालमा उपचार गरी थप उपचारका लागि सुधारगृहमा जाने क्रममा पूर्वयुवराज पारस शाहले थाइल्यान्डमा रहेका आफ्ना सहयोगी र गैरआवासीय नेपाली संघका प्रतिनिधिलाई भेट गर्ने क्रममा सो कुरा बताउनुभएको हो । बुधबार अस्पतालमा सबैलाई बोलाएर उहाँले धन्यवाद दिँदै भन्नुभयो-’तपाईहरुले गर्दा मैले पुनर्जीवन पाएँ ।’
Paras-Shah
१ महिना ७ दिनसम्म उपचार गराएका पूर्वयुवराज पारसले अब थाइल्यान्डबाट सात सय किलोमिटर टाढा रहेको च्याङमाईस्थित एक सुधारगृहमा उपचार गराउने हुनुभएको छ । थाइल्यान्ड अदालते समेत लागु औषधको कुलतमा लागेका पूर्वयुवराज पारसलाई सुधारगृहमा राख्न दिएको आदेश र पछिल्लो गतिविधिमा परिवारप्रति देखाएको व्यवहारको कारणले गर्दा उहाँलाई अझै केही दिन सुधारगृहमा उपचारमा राख्नुपर्ने विषयमा परिवार पनि सहमत भएको खबर नेपाल समाचारपत्रले छापेको छ । पारसलाई आजै सुधारगृहमा लगिने बैंककस्थित गैरआवासीय नेपाली संघका सचिव पुष्पराज सुवेदीले जानकारी दिए । पारसलाई पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज्ञी हिमानी, बहिनी प्रेरणालगायत राजपरिवारका अन्य सदस्यहरुले सुधार गृहमा लैजाने छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger