Widgets

Home » » चैत भित्रै न्यायाधीश नियुक्ति हुने

चैत भित्रै न्यायाधीश नियुक्ति हुने

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१४ चैत, काठमाण्डौं । न्यायपरिषद्ले सर्वोच्च, पुनरावेदन र जिल्ला अदालतहरुमा रिक्त दरबन्दीमा न्यायाधीश नियुक्ति तयारी तीब्र पारेको छ । राष्ट्रपति रामबरण यादवद्धारा जारी बाधा अड्काउ फुकाउ आदेशले न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाई गर्नुपर्ने व्यवस्था हटेपछि परिषदले तयारी अघि बढाएको हो । न्यायाधीश कम हुँदा मुद्दाका चाङ बढ्दै जान थालेका कारण नयाँ नियुक्ति अघि बढाएको न्यायपरिषद्का सदस्इ खेमनारायण ढुंगेलले जानकारी दिएको नागरिक दैनिकमा खबर छ । चैतभित्र सर्वोच्चमा नियुक्ति गरिसक्ने परिषद्को तयारी छ । त्यसका लागि पुनरावेदन अदालतमा मुख्य न्यायाधीशका रुपमा रहेकाहरुको कार्यसम्पादन र जेष्ठतालाई हेर्नेकाम भइरहेको परिषद स्रोतले जनाएको छ । स्रोतका अनुसार जेष्ठताका आधारमा पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरु बैद्यनाथ उपाध्याय, ज्ञानेन्द्र कार्की, केशरीराज पण्डितलगायतको सूची तयार भइसकेको छ । ‘जेष्ठतामात्र नभएर न्याय सम्पादनलगायत अन्य मापदण्डका आधारमा पनि परीक्षण भइरहेको छ,’ उनले भने

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger