Widgets

Home » » रेग्मी छिरेपछि बालुवाटारमा तल्लो जातिलाई निषेध

रेग्मी छिरेपछि बालुवाटारमा तल्लो जातिलाई निषेध

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


१४ चैत, काठमाण्डौ । रेग्मी नै रेग्मीलाई आफु वरिपरि राखेर चुनावी सरकारको यात्रा थालेका खिलराज रेग्मीले छुवाछुत प्रथालाई प्रश्रय दिएका छन । प्रधानमन्त्री कार्यालय बालुवाटारमा बर्षौदेखि सरसफाईंको काम गर्दै आएका कथित तल्लो जातिका नेपालीहरुलाई रेग्मीले आफ्नो निवासमा प्रवेश गर्न नदिएको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ । बालुवाटारमा भवन निर्माण बिभागले कामदार खटाउने प्रचलन छ । प्रधानमन्त्री बाहिर गएको बेला शयनकक्ष, सौचालय, भान्छाकोठा आदि सफा गर्ने उनीहरुको चलन छ । यस काममा कथित तल्लो जातका शर्मिला पाडे, उनका जेठाजु राजु र गुञ्जिलाल थारु संलग्न छन । तर खिलराज प्रधान्यायाधीश निवासबाट प्रधानमन्त्री निवास सरेसँगै छोइछिटो होला भनेर उनीहरुलाई भर्‍याङबाट माथि उक्लिन दिइएको छैन । प्रधानमन्त्री निवासको डष्टविनसमेत सफा गर्ने र बिहानमा काँग्रेस सभापति सुशील कोइरालाको काममा खटिने शर्मिला यतिखेर खिलराजको ब्राम्हणबादी बन्देजका कारण मर्माहत भएकी छिन । खिलराज राष्ट्रपतिप्रति असन्तुष्ट पदमा नपुगेसम्म सबैको सहयोगका लागि मुख बाउने र ठाउँ भेटेपछि कसैलाई नपुछ्ने नेपालीको स्वभाव नै हो । यही बानीलाई पछ्याउँदै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चार दलका नेताहरुसँगको भेटमा राष्ट्रपतिप्रति तितो पोखेको जनआस्था साप्ताहिकले नै छापेको छ । ‘अदालतले लिखित जवाफ दिन आउ भनेजसरी के गर्‍या होला यस्तो राष्ट्रपतिले ?’ भन्दै खिलराजले गुनासो पोखेका थिए । उनलेसमेत यसरी कुरा राखेपछि दलका नेताहरु नहौसिने कुरै भएन । एकपछि अर्को गर्दै उनीहरुले थप्न थाले- ‘त्यसरी लिखित जवाफ माग्नु परम्पराका हिसावले पनि उपयुक्त भएन ।’ निर्वाचन आयोगमा संवैधानिक परिषद्ले गरेको सिफारिसप्रति शितल निवासले प्रष्टीकरण मागेपछि भएको छलफलमा खिलराजले राष्ट्रपति यादवप्रति तितो पोखेका थिए । सोही बसाईमा दलहरुले रेग्मीलाई ढाडस दिए- एकचोटी तपाई गएर कुरा गर्नोस, भएन भने हामी नै गइदिउँला ।’ तर खिलराज गएर कुरा गरेपछि यादवले निर्वाचन आयोगको सिफारिस मान्ने बताएपछि कुरा मिलेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger