Widgets

Home » » पूर्वराजाले हुन्डीबाट डेढ करोड थाइल्यान्ड पुर्‍याए, पारसकी प्रेमिकालाई आर्थिक संकट

पूर्वराजाले हुन्डीबाट डेढ करोड थाइल्यान्ड पुर्‍याए, पारसकी प्रेमिकालाई आर्थिक संकट

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


१४ चैत, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गैरकानुनी रुपमा हुन्डीमार्फत पैसा बैंकक पुर्‍याइरहेका छन् । छोरा पारसको उपचारमा करिब डेढ करोड रुपैयाँ लाग्दा उनले बैंकिङ च्यानल प्रयोग गरेका छैनन् । ८ फागुनमा हृदयघात भएयता पूर्वराजा पारस बैंकको समितिभेज अस्पतालमा छन् । पारसको उपचार र परिवारको बसाईमा थाइल्यान्डमा डेढ करोडभन्दा बढी खर्च भएको छ । सामान्य अवस्थामा विदेश जाने नेपालीले बढीमा दुईहजार पाँचसय डलरमात्र लैजान पाउने व्यवस्था छ । उपचारका लागि विदेशमा पैसा लैजान वीर अस्पतालको मेडिकल बोर्डको सिफारिसमा मात्र पैसा लैजान मिल्छ । तर, पारस उतै विरामी भएका कारण बोर्डले उपचार गर्न लैजाने पैसाको सिफारिस गरेको छैन् । त्यसैले पूर्वराजपरिवारले गैरकानुनी बाटोबाट पैसा लगेको खबर नयाँ पत्रिकाले छापेको छ । पारसकी प्रेमिकालाई आर्थिक मन्दी पारसलाई हृदयघात हुँदा सँगै रहेकी पारसकी प्रेमिका कर्निका लिनले अहिले अस्पताल पस्न पाएकी छैनन् । सुरुमा २४ घन्टै अस्पतालमा बसेकी उनलाई हिमानी गएपछि अस्पतालभित्र आउन दिइएको छैन् । प्रेमिलाई भेट्न नपाएकोमा उनले त्यहाँस्थित नेपालीलाईसमेत गुनासो गरेकी छन् । स्रोतका अनुसार पछिल्लो समयमा उनी आर्थिक संकटमा समेत परेपछि जागिर खोज्न थालेकी छन् । उनले बैंककमा पारसनिकट नेपालीसँग खर्च माग्ने गरेकी छन्

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger