भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
समय भन्ने कुरै यस्तो, मानिसको जीवनमा कतिखेर के आइपर्छ त्यसको केही टुंगै हुँदैन । गायकगायिका दम्पती मनोज सेवा र अञ्जु पन्तलाई कस्तो मिलन भयो हाम्रो दोबाटोमै छुट्नुपर्ने बोलको गीत गाउँदा अलिकति पनि शंका थिएन कि, आफ्नो जीवनले पनि यस्तै मोड लेला । तर करिब डेढ वर्ष गाएको यो गीत अहिले आएर आफ्नै जीवनसँग मेल खान जाँदा उनीहरूले कस्तो महसुस गरे कुन्नि ? यो गीत रहेको एल्बमका निर्माता तथा यसको विमोचनको कार्यक्रम उनीहरूको व्यक्तिगत सम्बन्धका कारण खल्लो बन्न पुगेको छ । यो गीतको म्युजिक भिडियो रिलिज कार्यक्रममा घन्टौंसम्म आयोजक र आगन्तुकले उनीहरूलाई पर्खिरहे । तर आउने बाचा गरे पनि अन्तिम समयमा आएर एकअर्काको उपस्थितिलाई कारण देखाउँदै कार्यक्रममा न त अञ्जु आइन्, न त उनका पूर्वपति मनोज नै । व्यक्तिगत र व्यावसायिक सम्बन्धलाई भिन्न रूपमा स्वीकार गर्न सक्ने क्षमताको विकास नगरेसम्म सायद यस्तै समस्या दोहोरिरहन्छ । कि कसो ?
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.