Widgets

Home » , » सेक्सका लागि कस्तो ठाउँ उपयुक्त र रोमान्टिक हुन्छ ?

सेक्सका लागि कस्तो ठाउँ उपयुक्त र रोमान्टिक हुन्छ ?

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


शुभेच्छा थापा
प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ? प्रेम भनेको मानिसका लागि पहिलो र अन्तिम कुरा बाँच्ने आधार हो । यो आधार सबैका लागि जरुरी छ । घरपरिवार सबैबीच प्रेम हुनुपर्छ । योबिना कोही पनि मानिस बाँच्न सक्दैन । त्यसले गर्दा मानव जीवनका लागि यो बाँच्ने बलियो आधार हो । जीवनमा प्रेम किन जरुरी छ ? आपसी प्रेम र मायाबिना जीवन अगाडि बढ्नै सक्दैन, त्यसैले यो एकदम जरुरी छ । बिनाप्रेम मनुष्य जीवनको शुरूआत नै हुँदैन । मनुष्य जीवन शुरू हुन्छ नै प्रेम र मायाबाट । एकअर्काको प्रेमबिना बाँच्न सकिन्न, त्यसैले जीवनलाई सही रूपमा अगाडि बढाउन प्रेम अपरिहार्य छ । कुन उमेरमा गरिएको प्रेम सही हुन्छ ? प्रेम र माया भन्ने कुरा जुनसुकै उमेरमा हुन सक्छ । तर यदि एउटा केटा र केटीबीचको माया प्रेम हो भने यो परिपक्व उमेरमा गरिएकै ठीक हुन्छ । टिनएजमा गरेको अजकल्टो हुन्छ । त्यस्तो प्रेम आफैंमा परिपक्व नहुन सक्छ । यो उमेरमा जीवनका बारेमा निर्णय गर्न सक्ने विकास पनि भएको हुँदैन । तपाईंको जीवनमा प्रेम कतिपटक भयो ? मेरो जीवनमा प्रेम धेरै पटक भयो । फिल्मी जीवनमा, फिल्ममा धेरै पटक प्रेम भए पनि वास्तविक जीवनमा भने एकै जनासँग प्रेम भयो । प्रेम पनि एकै पटक भयो, बिहे पनि एकै पटक भयो । जोसँग प्रेम भयो, बिहे पनि उसैसँग भयो । रोमान्स भनेको के हो ? रोमान्स भनेको मान्छेमा भित्रैदेखि उत्पन्न हुने खुसी हो, अन्तर आत्मादेखिको मीठो भाव उत्पन्न हो । यो भाव उत्पन्न भएपछि नै रोमान्स हुन्छ । मानिस बाहिरी दुनियाँमा पनि रमाउन थाल्छ । रोमान्सका लागि कस्तो ठाउँ र कुन समय ठीक हुन्छ ? यदि कपलबीचको रोमान्सको कुरा हो भने एकअर्कासँग प्रेम माया गर्नुहुन्छ भने संस्कारभित्र बसेर रोमान्स गर्नु राम्रो हुन्छ । यसका लागि सेप्रेट ठाउँ भएको राम्रो । रोमान्सको बाधक के हो ? रोमान्स एकदमै खुला माहोलमा भिजेर पनि लिन सक्छौं । तर यो वातावरण र परिस्थितिअनुसार हुन्छ । रोमान्स लिने कहाँसम्म भन्ने हुन्छ । तर संस्कारभित्र बसेरै रोमान्सको मज्जा लिनुपर्छ । रोमान्स भन्दैमा जे पनि गर्नुहुन्छ भन्ने हो भने त्यो ठीक हुँदैन । यो मान्छेपिच्छेको सोचमा पनि भर पर्छ । रोमान्सको बाधक संस्कार नै हो । हाम्रो जुन संस्कार छ, त्यसलाई कसरी लिने भन्ने कुरा पनि हुन्छ । तर संस्कार नै बिर्सनचाहिँ हुँदैन । रोमान्सबिनाको जीवन कस्तो होला ? हरेक मान्छे जीवनमा रोमान्टिक हुनु जरुरी छ । दु:खपछिको सुख भनेजस्तै प्रेमपछि आफसेआफ रोमान्स हुन्छ । रोमान्स गर्न जानेन भने लाइफलाई ब्यालेन्स गरेर अगाडि बढाउन सकिँदैन । सेक्सको परिभाषा कसरी गर्नुहुन्छ ? मान्छेको लाइफ सेक्सबाटै शुरूआत हुन्छ । सेक्स भन्ने कुरा नहुने हो भने जीवन नै हुँदैन थियो । भगवान्ले केटा र केटी बनाइदिएको नै जीवनको शुरूआत होस् भनेर हो । बिहेअगाडिको सेक्सलाई के भन्नुहुन्छ ? म बिहेअगाडिको सेक्सलाई मान्दिनँ । हाम्रो सामाजिक संस्कारले पनि बिहेअगाडिको सेक्सलाई अनुमति दिँदैन । हामी जतिसुकै एड्भान्स भए पनि, जति खुला भए पनि हाम्रो संस्कार र संस्कृतिभन्दा बाहिर जान सकिँदैन । यसैले नै मानिसको जीवनलाई सुन्दर बनाएको छ र सेक्सको महत्वलाई बढाएको पनि छ । दुईबीच मन मिले पनि बिहेअघिको सेक्स ठीक हुँदैन ? मन मिले सेक्स होइन, बिहे गर्नु । हाम्रो संस्कार नै त्यही हो । बिहे नै गर्न नमिल्ने हो भने मान्छेको मन जता पनि बहकिन सक्छ, जता पनि जान सक्छ । तर मनलाई कन्ट्रोल गर्न सक्नुपर्छ । मनलाई कन्ट्रोल गर्न सकेन भने दुर्घटनामा पर्न सकिन्छ । तपाईंको सेक्स अनुभव ? मेरो सेक्स अनुभव नै मेरो विवाह हो । मेरो लभ म्यारिज हो । १६ वर्षको थिएँ, सेक्स बिहेपछि भयो । यसबाट सुखी र खुसी छु । कुन उमेरको सेक्स रिलेसन ठीक हुन्छ ? कुन उमेरको भन्दा पनि सेक्स रिलेसन राख्न माया हुनु पर्‍यो । मेरो पनि सानै उमेरमा बिहे भयो । डिसाइड गर्न सक्ने उमेर त थिएन । तर जीवनलाई सन्तुलित राख्न समर्थ भएँ । व्यावहारिकदेखि सबै कुरामा सोच्न सक्ने भएपछि सेक्स रिलेसन राख्नु ठीक हुन्छ । सेक्सका लागि पनि परिपक्व उमेर भएको राम्रो हुन्छ । बिहेपछि सेक्स सस्तो लाग्छ रे नि ? म यो कुरा मान्दिनँ । बिहेपछि भनेको त कन्फिडेन्ट हुन्छ, मर्यादित हुन्छ । बिहेपछिको सेक्स मर्यादित र मीठो हुन्छ । सेक्सका लागि कस्तो ठाउँ उपयुक्त र रोमान्टिक हुन्छ ? यदि हसबेन्ड वाइफ हो भने संस्कारभित्रको स्थान ठीक हुन्छ । बेडरुमजस्तो रोमान्टिक ठाउँ अरु के हुन्छ र ? कस्तो सेक्स असुरक्षित हुन्छ ? नबुझी नजानी र आकर्षणको हिसाबले मात्र सेक्स रिलेसन बनायो भने त्यो असुरक्षित मात्र होइन, त्यसले दुर्घटना पनि गराउन सक्छ । फिल्ममा सेक्स जरुरी छ ? फिल्ममा सेक्स जरुरी त छ । तर त्यसलाई कसरी फिट गर्ने र प्रिजेन्ट गर्ने भन्ने कुरा हुन्छ । फिल्म मान्छेको जीवनलाई लिएरै बन्ने भएकाले जरुरी चाहिँ छ । परिवार नियोजन कत्तिको आवश्यक छ ? आवश्यक छ । अहिलेको स्थितिमा एकदमै जरुरी छजस्तो लाग्छ । न्यु कपललाई त झनै आफ्नो लाइफ सेक्योर बनाउन परिवार नियोजन जरुरी छ । प्राकृतिक परिवार नियोजन उपयुक्त कि कृत्रिम ? लाइफको सिचुएसन हेरेर हुन्छ । प्राकृतिकभन्दा पनि कृत्रिम भरपर्दो हुन्छ । बच्चा पाउनु छ र सर्टेन टाइमका लागि नपाउने हो भने अस्थायी परिवार नियोजन अपनाउनु जरुरी हुन्छ । चाहिँदैन अब बच्चा पुग्यो भन्ने छ भने स्थायी नियोजन नै गरे पनि हुन्छ । पहिलो सन्तानपछि दोस्रो सन्तानको अन्तर कति हुनु ठीक हुन्छ ? लगभग ५ वर्षको ग्याप जरुरी छ । पहिलो बच्चा हुर्किन र उसले बाबुआमा दुवैको माया पाउन ५ वर्षको ग्याप गर्नु जरुरी छ । फेरि दूध खाइरहेको हुन्छ । यी कुनै कुराको कमी नहोस् भनेर ५ वर्षपछि मात्र अर्को बच्चा जन्माउनु राम्रो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger