Widgets

Home » » प्रहरी नै अपहरणकारी बनेपछि …

प्रहरी नै अपहरणकारी बनेपछि …

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१५ चैत, रौतहट । शान्ती सुरक्षा र जनताको जिउ धनको सुरक्षाका लागी खटनु पर्ने अभिभारा बोकेको प्रहरी नै अपहरणकारी बनेपछि रौतहटको राजपुर तुलसी गाविस तनावग्रस्त बनेको छ । मलहीनिया टोलकी एक १८ वषिर्या युवतीलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यतर प्रहरी जवान झबुलाल प्रसाद यादवले अपहरण गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।
खेतमा काम गर्न गएकी स्थानिय युवतीलाई प्रहरी जवान यादवले जबरजस्ती मोटरसाइकलमा राखेर भाग्न खोजेपछि स्थानिय महिलाहरुले प्रतिकार गरेका थिए ।
police
राजमार्गसँगै जोडिएको पश्चीम पट्टी रहेको खेतमा महिलाहरु कराएको सुनेपछि स्थानियहरुले एक किलोमिटर टाढा हजमिनीया चोकसम्म लखेटेर यादवलाई आफ्नो नियन्त्रणमा लिएका थिए । “स्थानिय यूवतिलाई मोटरसाइकलमा राखेर भाग्न खोज्दा महिलाहरु कराए । हामीले लखेटेर समाते पछि त प्रहरी हुँ भन्न थाल्यो ।” स्थानिय नूर महृमदले घटनाका बारेमा बताउदै भने “प्रहरीको नाँउमा कालो धब्बा लागेको छ ।” पक्राउ परेका यादवलाई स्थानियले थुनेर राखेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
आक्रोशित स्थानियहरुले प्रहरी जवानले यादवले प्रयोग गरेको ना १२ प ८४९८ नम्बरको मोटरसाइकलमा आगो लगाएका छन । “हाम्रो चेलीमाथि आज प्रहरीले हात हालेको छ । महिला सुरक्षाको कुरा गर्ने प्रहरीको नग्न रुप देखिदैछ ।” स्थानिय सबनम नेशाले आक्रोशित हुदै भनिन “यस्ता प्रहरीलाई कारवाही गरियोस नत्र आजै बाटै हामी शसक्त आन्दोलन शुरु गर्छौ । ” महिलाहरु सँगै कलिला उमेरका बालिकाहरु पनि लाठी बोकेर प्रर्दशनमा उत्रिएका थिए ।
फक्राउ परेका यादवले आफू विगत दुई वर्षदेखी जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत रहेको बताएका छन । पर्सा जिल्ला उदयपुरघुर्मी घर भएका यादवले युवतीलाई मोटरसाइकलमा राखेर घुमाउन लान खोजेको बताए । “उनी सँग केही दिन अघिदेखि फोनमा कुरा भएको थियो । आज मोटरसाइकलमा राखेर घुमाउन लान खोज्दा गाँउलेले समाते ।” यादवले भने । यूवतिले भने यादवलाई आफूले नचिनेको र जबरजस्तीमा मोटरसाइकलमा राख्न खोजेको आरोप लगाएकी छिन् ।
घटनाको विरोध गर्दै स्थानियले गौर चन्द्रनिगाहपुर सडकखण्ड अवरुद्ध पारेका छन । घटनापछि बनाउन प्रहरी नायब उपरिक्षक कृष्ण प्यारा खरेलले दोषी प्रहरी जवानलाई हदैसम्मको कारवाही गरिने बताउनु भएको छ । “तपाई विश्वस्त हुनुस प्रहरीको आचरण विपरीत दाग लगाउने काम गर्ने यादवलाई कारवाही गर्न नसके फूली झिकेर जागिर छोड्छु ।”
स्थानियले भने प्रहरी उपरिक्षक परियार आए पछि मात्र नियन्त्रणमा रहेका यादवलाई प्रहरीलाई जिम्मा लगाएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger