Widgets

Home » , » भुवनले मागे झलनाथसँग चुनावको टिकट

भुवनले मागे झलनाथसँग चुनावको टिकट

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नेपाली सिनेमाका सदाबाहार नायक भुवन केसीले नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई भेटी घुमाउरो पारामा चुनावमा उठ्ने मनशाय व्यक्त गरेका छन् । बिहिबार बिहान खनाल निवास डल्लु पुगेर भुवनले चुनावमा एमाले पार्टीलाई सहयोग गर्न आफू तयार रहेको बताएका हुन् ।भुवनले झलनाथलाई फुर्काउदै भने, ‘तपाईको शालिनता र राष्ट्रियता प्रतिको झुकावले मलाई प्रेरित गरेको छ, यसैले म तपाई र पार्टीका लागि काम गर्न चाहन्छु ।’उनले चुनाव सफल पार्न पार्टीले दिएको जुनसुकै जिम्मेबारी पुरा गर्न आफू तत्पर रहेको जानकारी खनाललाई दिएका थिए । भुवनले झलनाथको गृह जिल्ला इलाममा पुगेर उनका लागि भोट माग्ने बताएका थिए । झलनाथसँगको भेटमा भुवनले एकिकृत माओवादीमा प्रवेश गरेका कलाकारले बाटो बिराएको बताएका थिए । उनले माओवादीमा प्रवेश गरेका कलाकारलाई एमालेमा प्रवेश गराउन आफूले सक्दो प्रयास गर्ने जानकारी झलनाथलाई दिएका थिए ।
भुवनको कुरा सुनेपछि झलनाथले तपाईहरु जस्तो मानिसको खाचो पार्टीलाई भएको भन्दै चुनावमा राम्रो भुमिका दिने आश्वासन दिएका थिए ।डेढ बर्ष अघि एमाले पार्टीमा प्रवेश गरेपनि नायक भुवन केसी निष्त्रिmय जस्तै देखिएका छन् । तर चुनाव नजिकिएपछि भुवनको चहलपहल बढेको छ । उनले राजनीतिमा लागेर आफुले समाजसेवा गर्न चाहेको जानकारी झलनाथालाई दिएका थिए ।सिनेमा नगरीमा ओरालो लाग्दै गएपछि नायक भुवन केसीले राजनीतिमा आउने इच्छा देखाएका छन् । हेरौ उनको यो चाहनलाई एमाले पार्टीले कसरी लिने हो ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger