Widgets

Home » » नामावली सङ्कलन टोली र माओवादीबीच झडप

नामावली सङ्कलन टोली र माओवादीबीच झडप

Written By sangalo on Thursday, March 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
खलङ्गा (बैतडी) १६- नेकपा-माओवादीले आज पनि बैतडीको गाँजरी र देउलेकमा फोटोसहितको मतदाता नामावली सङ्कलनमा गएको टोलीलाई अवरोध पुर्‍याएको छ। अघिल्लो दिन बैतडीकै पाटन र सिलङ्गामा गएको निर्वाचन कार्यालयको टोलीलाई सदरमुकाम फिर्ता पठाएलगत्तै देउलेक र गाँजरीमा अवरोध पुर्‍याइएको हो। जिल्ला निर्वाचन कार्यालयबाट देउलेक गाविसमा खटिएको भरत विकको टोलीलाई माओवादी कार्यकर्ताहरूले अवरोध सिर्जना गरेर ल्यापटपसमेत केही घण्टा नियन्त्रणमा राखेका थिए। टोलीसँगै खटिएका एक दर्जनभन्दा बढीको प्रहरी टोलीसँग ३५/४० जनाको समूहमा आएका माओवादी कार्यकर्तासँग केहीबेर सामान्य झडपसमेत भएको स्थानीय दीपक भट्टले बताए। जिल्ला निर्वाचन कार्यालय प्रमुख जितेन्द्र विकले देउलेक घटनापछि माओवादी कार्यकर्तासँग वार्ता भइरहेको र ल्यापटप भने फिर्ता लिइएको जानकारी दिए। रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger