Widgets

Home » » पिजी डाक्टरले एक बर्ष दुर्गममा सेवा गर्नै पर्ने

पिजी डाक्टरले एक बर्ष दुर्गममा सेवा गर्नै पर्ने

Written By sangalo on Saturday, March 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१८ चैत, काठमाण्डौं । स्वास्थ्य मन्त्रालयले दुर्गममा विशेषज्ञ सेवा पुर्‍याउने पोस्टग्राजुएट (पिजी) चिकित्सकहरुले एक बर्ष अनिवार्य रुपमा खटाएको ठाउँमा सेवा गर्नुपर्ने नियम ल्याएको छ । यसबाट दुर्गम क्षेत्रमा स्वास्थ्य सेवामा सुधार आउने मन्त्रालयले जनाएको छ । मन्त्रालयले खटाउने विशेषज्ञ चिकित्सकहरुलाई कम्तीमा सरकारी चिकित्सकले पाउनेबराबर सुविधा दिनेछ । नेपालमा स्वदेश र विदेशमा अध्ययन गरेका मिलाएर बर्षमा ३ सयको हाराहारी विशेषज्ञ चिकित्सकहरु थपिने गरेको नागरिक दैनिकमा खबर छ । मन्त्रालयले नीतिगत निर्णयपछि उक्त प्रावधान कार्यान्वयन गर्न नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरिसकेको छ । नयाँ नीतिअनुसार तीनबर्षे पिजी गरेका चिकित्सकले कम्तीमा एक बर्ष जिल्लामा काम गर्नुपर्नेछ । तोकिएको सरकारी स्वास्थ्य संस्थामा एक बर्ष सेवा गरेपछि मात्र पिजीको स्थायी प्रमाणपत्र दिइनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger