भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१४ चैत, काठमाण्डौ । हवाई यात्रालाई सुरक्षित बनाउन सरकारले काठमाण्डौंको भट्टेडाँडा र त्रिभुवन बिमानस्थलमा अत्याधुनिक राडार जडान गर्ने भएको छ ।
यसअघि त्रिभुवन बिमानस्थलमा राखिएको ६० एरोनेटिकल माइल क्षमताको राडारलाई २ सय एरोनेटिकल माइल क्षमताको दोस्रो पुस्ताको-टुजी) राडारले विस्थापित गरिने छ ।
त्रिभुवन बिमानस्थल स्तारोन्नती आयोजना अन्र्तगत सन् २०१५ सम्म सम्पन्न गर्नेगरी दुईवटा आधुनिक राडार जडान गर्न लागिएको हो । जापान सरकारको आर्थिक सहयोगमा जोडिन लागेका नयाँ राडारले आन्तरिक तथा बाह्य उडानमा रहेका हवाईजहाजको पोजिसन थाहा पाउन सजिलो हुनेछ ।
अहिले बिमानस्थलमा रहेको ६० एरोनेटिकल माइल क्षमताको राडारले उपत्यका भित्र छिर्न लागेका जहाजको पोजिसनमात्र बताउन सक्छ । नयाँ राडारले भने काठमाण्डौबाट ३ सय ७० किलोमिटरको दुरीमा रहेका जहाजको अबस्थाबारे जानकारी दिन सक्नेछ ।
‘उपत्यका बाहिर उडिरहेका जहाजलाई अहिलेसम्म रेडियो सिग्नलका आधारमा सम्र्पक गरेर अबस्था थाहा पाउनुपर्ने बाध्यता थियो’ नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने-’अब त्यो बाध्यता रहँदैन, जसले गर्दा हवाई यात्रा सुरक्षित बनाउन सकिन्छ ।’
भट्टेडाँडामा जडित राडारले उचाईमा उडिरहेका जहाजको अबस्था पनि जानकारी दिन सक्नेछ । यसले गर्दा बिदेशी एयरलाइन्सहरुलाई नेपालको स्पेश प्रयोग गर्दै अन्य मुलुकमा जान सहज हुने छ । राडार नभएका कार अहिले नेपालमा उडान गर्ने जहाज मात्रै नेपाल ओहोरदोहोर गर्छन, नेपाल स्पेश प्रयोग गरेर अन्य मुलुक जाने जहाज उड्दैनन् । राडार जडान भएपछि नेपालको बाटो प्रयोग गर्दा हवाई यात्राको दुरी पनि घट्ने छ ।
जाइकासँग ९० करोडको सम्झौता
करिव १ अर्ब ५० रुपैयाँको यो परियोजनामा जापानको अन्तराष्ट्रिय सहयोग नियोग-जाइका)ले ९० करोड रुपैयाँ अनुदान दिने छ भने बाँकी नेपाल सरकारले लगानी गर्ने छ ।
जाइकाले विमानस्थलको स्तरोन्नति गर्न ९० करोड ७० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने सम्झौतामा बुधबार हस्ताक्षर गरेको छ । सम्झौतापत्रमा जाइका नेपालका प्रमुख सुतोमु सिमिजु र अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत कुनियो ताकाहासीको उपस्थिति रहेको थियो । अनुदान रकम विमानस्थलमा राडार तथा सञ्चार प्रणालीको विकास गर्न खर्चिने सम्झौतापत्रमा उल्लेख छ ।
कार्यक्रममा अर्थसचिव सुवेदीले जापान सरकारको आर्थिक सहयोगबाट नेपालको हवाइ सेवालाई सुरक्षित, भरपर्दो र सुविधायूक्त बनाउन महत्वपूर्ण योगदान हुने बताउनुभयो । जापानी राजदूत ताकाहासीले नेपालको हवाइ सुरक्षामा सुधार गर्न जापान सरकारले आर्थिक सहयोग गरेको बताउनुभयो । सहयोगबाट नेपालको हवाइ सेवा सुरक्षित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.