भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
हाइब्रीड सब्जी र कम्प्युटर प्रोग्रामपछि चीन अब हाइब्रीड बच्चा बनाउने अनुसन्धानमा जुटेको छ, जसले चीनलाई विश्वमा सबैभन्दा अघि पुर्याउनेछ ।
चीनको सबैभन्दा ठूलो अनुवंशिय शोध संस्थान बीजीआईका बैज्ञानिकहरुले विश्वका सबैभन्दा प्रभावशाली १ हजार मानिसको डीएनएको नमूना जम्मा गरेका छन् । बैज्ञानिकहरुले उनीहरुको वंशाणुगत गुणलाई अलग-अलग रुपमा व्यवस्थित गर्दैछन्, जसले मानविय प्रतिभा निर्धारणमा सहयोग पुर्याउँछ ।
शोध निकै अघि बढिसकेको भन्दै बैज्ञानिकहरुले यसमा सफल भए आमाबाबुले आफ्ना लागि सबैभन्दा राम्रा बच्चा छान्न सक्छन् र उनको बौद्धिकता ५ देखि १५ गुणबढी हुन्छ । यसले केही पुस्तामा नै चिनियाँ बच्चासँग बौद्धिक स्तरको प्रतिस्पर्धा गर्नु विश्वका अन्य देशका लागि ठूलो चूनौति हुनेछ ।
क्रान्तिकारी मनोवैज्ञानिक एवं न्यूयोर्क विश्वविद्यालयका लेक्चर जेफ्री मिलरले पनि आफ्नो डीएनएको नमूना चिनियाँ बैज्ञानिकलाई दिएका छन् । अणुवंशिय शोधमा पश्चिमी जगत चीनभन्दा निकै पछि रहेको भन्दै उनले भनेका छन्-’हामीसँग पनि त्यही प्रविधी क्षमता छ,तथ्यांकको विश्लेषण गर्ने क्षमता पनि त्यही छ तर, चीनले ठूला ठूला तथ्यांकहरु संकलन गरेको छ र बैज्ञानिकहरुको निष्कर्ष सरकारी नीतिमा फेरबदल ल्याउन समेत सक्षम छ ।’
उनका अनुसार बीजीआईमा बनस्पति र जन्तुको अनुवंशिय शोधका साथै हरेक चीजको काम भइरहेको छ, जुन आर्थिक रुपमा प्रासंगिक वा वैज्ञानिक रुपमा निकै रोचक छ । यसले के देखाउँछ भने चीन आर्थिक रुपमा मात्र हैन, बैज्ञानिक शोधमा पनि महाशक्ति बन्न आतुर छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.