Widgets

Home » » मलेसिया : दुतावास टोली पक्राउ परेका नेपालीलाई भेट्दै घटनापछि ३ नेपाली बेखबर

मलेसिया : दुतावास टोली पक्राउ परेका नेपालीलाई भेट्दै घटनापछि ३ नेपाली बेखबर

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

malesia

मलेसिया, चैत्र १३ - मलेसियामा नेपाली माथि भएको आक्रमण घटनामा पक्राउ परेका ९ जना नेपालीलाई दुतावास टोलीले केहीबेरमा भेट्दैछ । टोली घटनाबारे थप बुझ्न हाल उनीहरु नियन्त्रणमा रहेको प्रहरी कार्यलयतर्फ जादैछन् । दुतावास स्रोतका अनुसार घटनामा संलग्न आरोपमा प्रहरीले ९ नेपाली, १ म्यानमारी र २ स्थानीय युवालाई हिरासतमा लिएको थियो । अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका नेपालीमा सन्तोष पौडेल, रमेशकुमार भुजेल, अमन गुप्ता, रगन राई, मनोज सुनार, निलकष्ठ जैसी, दल बहादुर बयम्वु, पवन साह र राकेश राय रहेका छन् । उनीहरुलाई भेटेपछि अझै थप जानकारी पाइनसक्ने विश्वास दुतावासको छ । यसैबीच घटनापछि शुरुमै विवादित तीन जना नेपाली अझै सम्पर्कमा आएका छैनन् । "हाम्रा तीनजना साथी कहाँ छन भन्ने अझै थाहा पाउन सकीएको छैन ।" घटनास्थलका प्रत्यक्षदर्शी एक नेपालीले भने "हामी धेरै छौं, नाम सबैको याद छैन तर घटनामा संलग्न देखिएका मीन भन्ने साथीसहित तीनजना बेपत्ता छन् ।" उनका अनुसार आइतबार रातिको सो घट्नापछि उनीहरु अझै बेखबर छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger