Widgets

Home » » आफ्नै पत्नीलाई बलात्कार !

आफ्नै पत्नीलाई बलात्कार !

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चैत्र १३ - पत्नीलाई जबर्जस्ती यौन सम्पर्क गर्ने एक पतिलार्य सप्तरी प्रहरीले हिरासतमा लिएको छ । जिल्लाको देउरी गाविस २ का विश्वनाथ साहले आफ्नी २२ वर्षीया पत्नीलाई जर्बजस्ती यौन सम्पर्क गर्दै आएको भनी उजुरी प्रहरीमा परेपछि उनलाई आईतबार पक्राउ गरिएको हो । पत्नीले विश्वनाथले जबर्जस्ती यौन सम्पर्क गर्दै आएको र शारीरिक तथा मानसिक यातनासमेत दिंदै आएको भन्दै पतिबिरुद्ध आइतबारै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दर्ता गराएकी थिइन् । जाहेरीमा पछिल्लो पटक चैत ९ गते राति विश्वनाथले जबर्जस्ती यौन सम्पर्क गर्न खोजेको उल्लेख छ । विश्वनाथलाई वैवाहिक जबर्जस्ती करणी मुद्दाअन्तर्गत सोमबार सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान जारी राखिएको सप्तरी प्रहरीका प्रवक्त डीएसपी श्यामसिंह चौधरीले जानकारी दिए । उनका अनुसार यस्तो मुद्दा सप्तरीमा सम्भवतः पहिलो भएको हो । वैवाहिक जर्बजस्तीकरणी मुद्दामा दोषी प्रमाणित हुने ब्यक्तिमाथि जर्बजस्तीकरणी ३ नम्बर महलको देहाय ६ बमोजिम तीन महिनादेखि ६ महिनासम्म कैद सजाय हुने ब्यवस्था रहेको छ । विश्वनाथले अर्की पत्नीसमेत भित्र्याएकाले उनीमाथि बहुविवाहको मुद्दासमेत चल्ने सक्ने प्रहरीको भनाई छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger