Widgets

Home » » एकै व्यक्तीबाट वर्षेनी ४० लाई छात्रवृत्ति

एकै व्यक्तीबाट वर्षेनी ४० लाई छात्रवृत्ति

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भक्तपुर, चैत्र १४ - जर्मनीमा बसोबास गर्दै आएका एक नेपालीले आफ्ना दिवंगत छोराको सम्झनामा यहाँका ४० विद्यार्थीलाई छात्रवृत्ति दिएका छन् । गत वर्ष जर्मनीमा कार दुर्घटनामा परी दिवंगत भएका २१ वर्षीय जनक खड्काको सम्झनामा उनका पिता किरण खड्काले गाउँ आएर छात्रवृत्ति दिएका हुन् । सानोमा आफू पढेको अरनिको उच्चमावि स्रोत केन्द्र अन्तर्गतका दधिकोट, गुण्डु, सिरुटार, बालकोट र कटुञ्जेका २२ सामुदायिक विद्यालयका गरिब र जेहेन्दार विद्यार्थीलाई उनले जर्मनीबाट आफैं आएर छात्रवृत्ति वितरण गरेका थिए । यी विद्यालयमा पढ्ने विपन्न विद्यार्थीलाई वर्षेनी सकेसम्म बढी छात्रवृत्ति दिने घोषणा पनि उनले गरे । खड्काले छोराको सम्झनामा ६ महिना अघि नै १० लाख रुपैयाँको 'जनक खड्का छात्रवृत्ति कोष' को स्थापना गरेका थिए । त्यसमा छोरा बितेको वर्ष दिन पुगेको तिथि पारी पत्नी दुर्गासहित विद्यालयमा आएका खड्काले २ लाख रुपैयाँ थप गरिदिएका छन् । जर्मनीमै बस्ने आफ्ना दुई छोरीहरु सम्झना र अनिता खड्काको तर्फबाट अरनिको उमाविमा ४ कक्षामा पढ्ने आरजु राजथलालाई कक्षा १० सम्म पठन पाठनका लागि लाग्ने सम्पूर्ण खर्च पनि किरणले व्यहोरिदिने भएका छन् । स्थानीय शिक्षासेवीले किरणको यो दानशीलताको खुलेर प्रशंसा गरेका छन् । 'एउटा व्यक्तीको पहलमा यति ठूलो छात्रवृत्ति भक्तपुरमा मात्रै होइन नेपालमै मैले कतै देखे सुनेको छैन' अनरनिको उमाविका प्रधान अध्यापक प्रेमबहादुर खड्काले भने,'यतिका विद्यार्थीलाई पढ्न लेख्न सघाएर किरणले उदाहरणीय काम गरेका छन् ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger