Widgets

Home » » सेक्स परमात्मा हो : विनीता बराल

सेक्स परमात्मा हो : विनीता बराल

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


प्रेमलाई कसरी परिभाषीत गर्नुहुन्छ ?

ओहो यो त गार्हो प्रश्न रहेछ, हे..., हे... हे...। जिन्दगी र प्रेमको परिभाषाको कुरा आउनासाथै म जहिले पनि अलमलिन्छु । मलाई लाग्छ प्रेम भनेको विश्वास हो । यो एउटा त्यस्तो अदृश्य शक्ति हो, जो केवल विश्वासमा टिकेको हुन्छ ।  विश्वासले नै प्रेमको सिर्जना गर्दछ ।

जीवनमा प्रेम किन जरुरी छ ?

संसारलाई टिकाउनका लागि जीवनमा प्रेमको जरुरी हुन्छ । यो सुन्दर सृष्टीलाई टिकाउनकै लागि प्रेमको उत्पत्ती भएको हुनुपर्छ । प्रेम भएन भने एकले अर्कालाई मार्ने वा वा महाभारतको कथा दोहोरीने हुन्छ । मानव जीवनमा प्रेम भएन हिंसा मात्र बाँकी रहन्छ होला ।

कुन उमेरमा गरिएको प्रेम सहि हुन्छ ?

प्रेम धेरै थरिको हुन्छ । केटा र केटीबिचको प्रेमको कुरा हो भने यो जुनसुकै उमेरमा पनि हुन सक्छ । जहां पनि जसरी पनि हुन सक्छ । प्रेम नै त्यो भावना र सम्बन्ध रहेछ, जसको कुनै उमेर र सिमा अनि बन्धन हुँदैन । त्यसैले जुनसुकै उमेरको प्रेम पनि राम्रो हो तर त्यो सफा र स्वस्थ हुनुपर्छ ।

तपाईंको जीवनमा प्रेम कतिपटक भयो ?

मेरो जीवनमा एकपटकमात्र प्रेम भयो र त्यो सधैंभरि रहिरहन्छ । अहिले पनि उसैलाई प्रेम गरिरहन्छु । उ आफ्नै दुनियाँमा होला म आफ्नै दुनियाँमा रमेकी छु, तर ऊप्रतिको मेरो प्रेम कहिल्यै मर्दैन । किनभने मेरो प्रेम ट्रयु थियो । त्यसैले अरुसँग प्रेम गरे पनि उसँगको प्रेम रहिरहन्छ । ऊसँगको प्रेम नै मेरो पहिलो प्रेम थियो ।

रोमान्स भनेको के हो ?

रोमान्स भनेको लभलाई एक्सप्रेस गर्र्ने माध्यम हो । यो एकले अर्कोलाई कति प्रेम गर्छ भनेर देखाउने माध्यम र शैली हो ।

रोमान्सका लागि कस्तो ठाउँ र कुन समय ठिक हुन्छ ?

रोमान्सका लागि यो समय र यस्तो ठाउँ चाहिन्छ भन्ने केही छैन, जुनसकुै ठाउं र समयमा हुन सक्छ । व्याड र गुड इम्प्याक्ट हेर्न थाल्यो भने रोमान्स नै हुँदैन । सार्वजनिक ठाउँमा गरिने रोमान्स हो भने त्यो भग्गर देखिन सक्छ ।  एक्टिभीटीज र इनभारामेन्टमा पनि भर पर्छ ।

रोमान्सको बाधक के हो ?

बाधक भनेको अनस्योरको फिलीङस् हो । उहिसँग जीवन बिताउँछु भन्ने निश्चय छैन भने त्यो रोमान्स र सम्बन्ध असुरक्षित हुन्छ ।  त्यस्तो रोमान्सले फिजीकल नीड मात्र हो पुरा गर्छ । त्यस खालको रोमान्स नै रोमान्सको बाधक बन्न सक्छ ।

रोमान्सबिनाको जीवन कस्तो होला ?

मानिसहरु रोमान्सबिना पनि बाँच्छन् । तर त्यो कस्तो नेचरको मानिस हो भन्नेमा भर पर्छ । रोमान्स ब्वाई फ्रेण्डसँग मात्र हुन्छ भन्ने छैन । यो त मुभि, काम वा जेससँग पनि हुन सक्छ ।
  
सेक्सको परिभाषा कसरी दिनु हुन्छ ?

सेक्स भनेको माया प्रेमलाई एक्सप्रेस गर्ने माध्यम हो । प्रेम सम्बन्ध चरम सिमामा गएपछि सेक्स हुन्छ । यो सृष्टी सञ्चालनका लागि पनि हो । पवित्र शव्दमा भन्ने हो भने सेक्स यस्तो परमात्मा हो, जसबाट कसैको नयाँ जीवनको शुरु हुन्छ ।

बिहेअगाडिको सेक्सलाई के भन्नुहन्छ ?

बिहेअगाडिको सेक्स पनि जायज हुन्छ तर नियतमा भर पर्छ । नियत राम्रो छ भने जिन्दगीमा जे गर्दा पनि राम्रो हुन्छ । नियत खराब छ भने जे गरे पनि नराम्रै हुन सक्छ ।

भन्नाले मन मिल्छ भने बिहेअघिको सेक्स सम्बन्ध पनि ठिक हुन्छ ?

पक्कै पनि मन मिल्छ भने बिहेअगाडिको सेक्स पनि एकदमै जायज कुरा हो । पछि बिहे गर्ने पक्का छ वा त्यस्तो छैन भने पनि समझदारीमा कसैसँग कुनै नाइट बिताउनु पनि नाजायाज होइन । तर फ्रड गरिरहेको छ भने यसले जिन्दगी नै ड्यामेज गर्न पनि सक्छ । क्राइमको रुप लिन पनि सक्छ । म त भन्छु बिहेपछि श्रीमान् श्रीमतीबिचमै पनि इच्छाविपरीत वा समझदारी बिना सेक्स भयो भने त्यो रेप हुन्छ, क्राइम हुन्छ ।

तपाईंको सेक्स अनुभव ?

म त नेपाली सोसाइटीको छोरी । चपली हाइटको बिनीलाई सेक्स एकदमै इम्पोरटेन्ट कुरा थियो । बिनीता बरालचाहिँ ठिक त्यसको विपरित छे । बिनीता बराल नेपाली सोसाइटीको राम्रो कलचर पाएको परिवारको छोरी हो । समझदारीमा बिहे अगाडि पनि सेक्स भएको हुन सक्छ ।

कुन उमेरको सेक्स रिलेशन ठिक हुन्छ ?

यस्तो रिलेशन मेचोएड भएपछि नै राखेको ठिक हुन्छ । मेरो बिचारमा २५ वर्ष पुगेपछि यो रिलेशन राख्दा ठिक हुन्छ । यो उमेरमा केटा र केटी दुबै बुभ्mने भईसकेको हुन्छ । तर दुबैबिच समझदारीचाहिँ हुनुपर्छ ।

सेक्सका लागि कस्तो ठाउँ उपयुक्त र रोमान्टीक हुन्छ ?

यो स्पेशल कुरा भएकोले पक्कै पनि यसका लागि स्पेशल ठाउँ नै हुनु पर्छ । यो प्राइभेट लाईफको पनि प्राइभेट टाइम हो, त्यसैले अत्यन्त प्राइभेट प्लेस हुनु पर्छ ।

कस्तो सेक्स असुरक्षीत हुन्छ ?

दुईजना समझदारीमा छैन र प्रिकसन युज गर्दैन भने त्यस्तो सेक्स रिलेशन असुरक्षीत हुन्छ । हामीले यस्तो सम्बन्धका बारेमा धेरै कुरा देखेका छौं, सुनेका छौं  । त्यसैले मानसिक र शारिरीकरुपमा सुरक्षित हुनका लागि प्रिकसन लिनु जरुरी छ ।

फिल्ममा सेक्स जरुरी छ ?

फिल्ममा सेक्स जरुरी छ कि छैन भन्दा पनि त्यो फिल्म कस्तो सिर्जना हो भन्नेमा भर पर्छ । त्यसमा कन्टेन के छ भनेमा भर पर्छ । कसैको सिर्जना मार्नु पनि हुँदैन । तर अनावश्यकरुपमा फिल्ममा सेक्स सिन राख्नुचाहिँ गतल नियत हुन जान्छ ।

परिवार नियोजन कत्तिको आवश्यक छ ?

आवश्यक छ । पढे लेखेको मोर्डन सोसाइटीको मानिसले यसमा प्रिकसन लिन्छ । तर ग्रामीण समाजमा यसबारे अझै बुझाउन सकिएको छैन । जनसंख्या नियन्त्रणका लागि पनि परिवार नियोजन जरुरी छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger