Widgets

Home » , » एमाओवादीको केन्द्रीय समिति घट्यो, विवाद घटेन नवप्रवेशीको बहुमत नबनाउन पुराना नेताको माग

एमाओवादीको केन्द्रीय समिति घट्यो, विवाद घटेन नवप्रवेशीको बहुमत नबनाउन पुराना नेताको माग

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ चैत, काठमाडौं । एकीकृत माओवादीले ३ सय ९९ सदस्यीय जम्बो केन्द्रीय समिति बनाउने निर्णय ३ दिन नबित्दै फिर्ता लिएको छ । केन्द्रीय समितिमा गरिएको निर्णय पदाधिकारी बैठकले ३ दिन नबित्दै बिहीबार उल्टाइदिएको हो । अब एमाओवादी केन्द्रीय समिति ३ सय ९९ सदस्यीय नभएर २ सय ४० जनाको मात्रै हुनेछ । तीन दिनअघि पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले १ सय ५१ सदस्य पूर्ण र २ सय ४८ वैकल्पिक रहेको ३ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो । समितिका सदस्यहरुको गृहकार्य गरी शनिबार बस्ने बैठकले त्यसलाई अनितम रुप दिने बताइएको थियो । तर, विहीबार बिहानै बसेको बैठकले २ सय ४० सदस्यीय कमिटी बनाउने अर्को निर्णय गरेको छ । विगतमा महाधिवेशन आयोजक समितिमा २ सय ४० सदस्य थिए । तिनै सदस्यहरुलाई १ सय ५१ लाई पूर्ण सदस्यमा राखेर बाँकीलाई वैकल्पिक सदस्य बनाउने एमाओवादी नेताले बताएका छन् ।केन्द्रीय समिति ३ सय ९९ सदस्यीय बनाउने निर्णय भएपछि पार्टीमा ६ सय सदस्यले केन्द्रीय कमिटिमा दाबी गरेका थिए । मधेसीले ७५ जना, महिलाले ८० जना र दलित, जनजाति र पिछडिएको क्षेत्रबाटसमेत आकांक्षीको संख्या बढेपछि नेताहरुले विवाद मिलाउन नसकेको भन्दै समिति घटाउने निर्णय गरेको एक एमाओवादी नेताले अनलाइनखबरलाई बताए । विवाद यथावत् केन्द्रीय कमिटी सानो बनाउने पदाधिकारी बैठकले निर्णय गरे पनि कसलाई पूर्ण र कसलाई बैकल्पिक बनाउने भन्नेमा पार्टीभित्र विवाद यथावत रहेको छ । हेटौडा महाधिवेशनबाट चुनिएका ९८ मध्ये जनयुद्धपछि पार्टीमा लागेका ४५ भन्दा बढी सदस्य रहेको भन्दै जनयुद्धकालीन नेताहरुले युद्ध लडेर आएकालाई प्राथमिकता दिनुपर्ने र कमिटीमा उनीहरुको बहुमत हुनुपर्ने माग रहेका छन् । तर, पूर्व एकताकेन्द्रका नेताहरुले भने जनयुद्धकालीन र पछि आएका भनेर पार्टीमा भेदभाव हुन नहुने अडान राखेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger