Widgets

Home » , » ५ डिआइजी र ९ कर्णेलको बढुवा - मुख्यसचिव पौडेलले छाडे प्राधिकरण

५ डिआइजी र ९ कर्णेलको बढुवा - मुख्यसचिव पौडेलले छाडे प्राधिकरण

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ चैत, काठमाण्डौ । मुख्यसचिव लीलामणि पौडेलले विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्षबाट दिनुभएको राजिनामा स्वीकृत भएको छ । शुक्रबार मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बसेको बैठकले पौडेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले शसस्त्र प्रहरीका ५ डीआईजीलाई एआइजीमा बढुवा गरेको छ । बैठकले यसअघि बढुवा भएका ४२ जना सहसचिवहरुको पदस्थापन समेत गरेको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार बैठकले नेपाली सेनाका ९ जना महासेनानीलाई सहायक रथीमा र २ जना सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ । त्यस्तै ६ जना महासेनानीको सरुवा गरिएको मन्त्री पौडेलले जानकारी दिनुभएको छ । चुनावको मिति तोकिएन शुक्रबारको क्याबिनेटले निर्वाचनको मिति भने तोक्न सकेन । उच्चस्तरीय राजनीतिक समितिको बैठकले आजै सरकारलाई चुनावको मिति तोक्न आग्रह गरेको भए पनि दलहरुको सिफारिस प्राप्त नभएको भन्दै मिति नतोकिएको स्रोतले बतायो । त्यस्तै निर्वाचन सम्बन्धी कानून संशोधनको प्रक्रिया पनि अघि नबढेको स्रोतले बतायो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger