Widgets

Home » , » फ्रान्सेली सेनाको गोलीबाट नेपालीको मृत्यु

फ्रान्सेली सेनाको गोलीबाट नेपालीको मृत्यु

Written By sangalo on Friday, March 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ चैत, काठमाण्डौ । मध्य अफि्रकी गणतन्त्रमा फ्रान्सेली सेनाको गोलीबाट एक नेपालीको मृत्यु भएको छ । समाचार संस्था एएफपीका अनुसार बिमानस्थल सुरक्षामा रहेका फ्रान्सेली सैनिकको गोलीबाट एकजना भारतीय र एकजना नेपाली नागरिकको मृत्यु भएको हो । गत सोमबार भएको घटनामा सुरुमा दुई जना भारतीयको ज्यान गएको भनिए पनि फ्रान्सेली रक्षा मन्त्रालयले एक नेपाली र एक भारतीयको ज्यान गएको जनाएको छ । आफुतिर हुँइकिएर आइरहेको गाडीमा गोली हान्दा उनीहरुको ज्यान गएको फ्रान्सेली सेनाका प्रवक्ताले जनाएका छन । त्यहाँ साढे ५ सय फ्रान्सेली सैनिक तैनाथ गरिएको छ । मारिने नेपालीको पहिचान खुलाइएको छैन । भारतीय नागरिक मारिएकोमा भने फ्रान्सेली राष्ट्रपतिले दुःख ब्यक्त गर्दै घटनाको छानविन गर्ने आश्वासन दिएका छन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger